शनिबार, आषाढ १३, २०७७ || 537  पटक पढिएको

कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी दुई वर्षभित्र खानेपानी सुविधा नपुगेका सबै घरधुरीमा आधारभूत खानेपानी पु¥याउने लक्ष्य लिएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्रमा खानेपानी सुविधा नपुगेका सबै घरधुरीमा आधारभूतस्तरको खानेपानी पु¥याउन सङ्घ, प्रदेश सरकार एवं अन्य गैरसरकारी सङ्घसंस्था सँगको साझेदारीमा ‘एक घर, एक धारा’ कार्यक्रमलाई निरन्तरता दिई सम्पन्न गरिने उल्लेख छ । सङ्घ सरकारबाट स्वीकृत बृहत् लान्द्रुक खानेपानी आयोजनालाई गाउँपालिकाको गौरवको आयोजनाको रूपमा यसै वर्षबाट निर्माण कार्यको प्रारम्भ गरिने अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । सम्पन्न भएका खानेपानी आयोजनाको पानीको मुहान संरक्षण, नियमित आपूर्ति र गुणस्तरीयताका लागि स्थानीय खानेपानी तथा सरसफाइ समितिलाई प्रमुख जिम्मेवार तुल्याई आयोजनाको दिगोपना कायम गरिने उहाँले बताउनुभयो । हालको आधारभूत खानेपानीको व्यवस्थामा सुधार एवं स्तरोन्नति गर्दै पानीको गुणस्तर परीक्षण गरी पालिकावासीलाई शुद्ध खानेपानीको सुनिश्चितता गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पालिकाभित्रका विभिन्न खानेपानीका योजना सञ्चालनका लागि आव २०७७/७८ मा रु एक करोड छुट्याएको उपाध्यक्ष सगुन गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!