नायक सुशान्त सिंह राजपुतको निधन झुन्डिएर भएको रिपोर्ट सार्वजनिक भैसकेको छ । उनै, सुशान्त अभिनित चलचित्र ‘दिल वेचरा’ जुलाई २१ बाट डिजिटल माध्यममा रिलिज हुँदैछ । हटस्टारमा यो चलचित्र रिलिज हुने र दर्शकले निशुल्क चलचित्र हेर्न पाउने बताइएको छ । सुशान्तको निधनपश्चात उनको योजनाको बिषयमा पनि विभिन्न खालका खबर सार्वजनिक भैरहेका थिए । सुशान्तको निधन भएको करिब २ सातापछि उनका पिताले उनी बिहेको तयारीमा रहेको बताएका छन् ।

भारतीय मिडियासँग कुरा गर्दै सुशान्तका पिताले सन् २०२१ को सुरुवातमै सुशान्तले बिहेको तयारी गरेको बताएका छन् । उनले भनेका छन्–‘सुशान्तले चलचित्र रिलिज भएपछि बिहे गर्ने बताएका थिए । तर, उनले यूवतीको नाम भने मलाई भनेका थिएनन् ।’ सुशान्तको प्रेम रिया चक्रवर्तीसँग चलिरहेको थियो । सुशान्तले पछिल्लो समयमा निकै कम कुराकानी गर्ने गरेको पनि उनका पिताले बताएका छन् ।

सुशान्तको कथामा २ फिल्म निर्माण घोषणा :
बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएपछि उनको कथामा चलचित्र निर्माणको घोषणा हुन थालेको छ । जुन १४ तारिखमा सुशान्तले आफ्नै अपार्टमेन्टमा झुन्डिएर आ’त्म’ह’त्या गरेका थिए । बलिउडमा राम्रो स्थान बनाइसकेका सुशान्तले आखिर किन आत्महत्याको बाटो रोजे, यो भने अझै पनि रहस्यमय नै छ । अब, भने बलिउडका केही मेकरले सुशान्तको कथामा चलचित्र निर्माण सुरु गरेका छन् । निर्देशक सनोज मिश्रले सुशान्तको कथामा कथा लेख्न सुरु गरेका छन् ।

उनका अनुसार, यो कथा सुशान्तको बायोपिक भने होइन । तर, उनको जीवनीमा आधारित रहेर तयार चलचित्र निर्माण हुनेछ । चलचित्रको नाम ‘सुशान्त’ राख्ने तयारी उनको छ । यो चलचित्रमा सपना पुरा गर्न मुम्बई आएको एक यूवकको कथा समावेश गरिनेछ । तर, सपना पुरा गर्दैगर्दा विभिन्न खालका ह्यारेसमेन्टका कारण आ’त्म’ह’त्याको बाटो रोज्ने यूवकको कथालाई सनोजले पर्दामा उतार्ने तयारी गरेका छन् । यस भन्दा अगाडि, सामिक मौलिकले सुशान्तकै कथामा चलचित्र बनाउने घोषणा गरिसकेका छन् । उनले, ‘सु’सा’इ’ड और म’र्ड’र’ नामक चलचित्र बनाउने बताएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!