बलिउड नायक सुशान्त सिंह राजपुतको आत्महत्याले तनावमा परेका एकजना किशोरले आत्महत्या गरेका छन् । १४ वर्षीय किशोर राजपुतको मृत्युको खबर सुनेर निकै तनावमा रहेको र आत्महत्या गरेको टाइम्स अफ इन्डियाले लेखेको छ ।

नागपुरका ती किशोर सुशान्तका फ्यान थिए । उनी तनावमा देखिएपछि परिवारले उनलाई टेलिभिजनबाट टाढा राखिएको थियो । तर, उनले आत्महया गरे ।

योसहित सुशान्तको आत्महत्यापछि सात जना फ्यानले आत्महत्या गरिसकेका छन् । यसअघि पनि उनका फ्यानहरुले सुसाइड नोटसहित आत्महत्या गरेका छन् ।

यसैगरी, सुशान्त सिंह राजपुतको पोष्टमार्टमबाट आत्महत्या पुष्टि भएको छ । टाइम्स अफ इन्डियाका अनुसार उनलाई कसैले आक्रमण गरेको भेटिएको छैन । झुण्डिएर मृत्यु भएको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!