भारत र चीनबीच तातीरहेको सीमा विवादको निश्कर्ष साकारात्मक देखिएपनि विवाद यथावत देखिएको छ । उक्त क्षेत्रमा चीनको नयाँ संरचनाले नयाँ आशंकाहरु देखाइरहेको छ । चिनियाँ गतिविधिमाथि भारतले कडा निगरानी राखेको छ ।

१५ जुन मा २० भारतीय जवानको मृत्यु भएपश्चात भारतीय सेना प्रमुख एम.एम नरवाणेको लद्दाख भ्रमण प्रारम्भ भएको थियो । उनले उक्त क्षेत्रमा पेट्रोलिङ र चिनियाँ सैनिको गतिविधिमाथि कडा निगरानी राख्न निर्देशण दिएका हुन् । भारतीय प्रभावित क्षेत्रको ६५ प्वाइन्टमा पेट्रोलिङलाई तीब्रता दिइएको छ ।

झडपपछि भारतीय सेनाले आफ्नो उपस्थिती र हातहतियार, ट्यांकको संख्यामा वृद्वि गरेको छ । चिनियाँ शैनिकको उपस्थितीको सामना गर्न भारतले चीन बराबरको सैन्य सुरक्षा संख्या थपेको हो । चीनले समेत आफ्नो सुरक्षामा १० हजार सैनिक अझ थपेको छ । भारतले तीन क्षेत्रमा आफ्नो शैनिक उपस्थितीको संख्या बढाएको छ । प्रत्येक क्षेत्रमा करिब १० देखि १२ हजार सम्म सेना रहने जनाइएको छ । स्थल देखि हवाई सम्मको भारतीय सेनाहरु तैनाथ गरिएको जनाइएको छ ।

प्यांगयांग त्सो क्षेत्र पछि डेपसांग क्षेत्रमा चीनले आफ्नो उपस्थिती जनाइरहेको छ । यस विषयले भारतीय सेनाको आवत जावत र पट्रोलिङमा रोक लाग्न सक्ने अनुमानका कारण भारतीय भारतीय सेनालाई कडा निगरानी राख्न निर्देशन दिइएको छ ।

भारतीय वासु सेनाले उच्च प्रविधियुक्त विमानहरुलाई १६ हजार फिट माथि रहेको उक्त क्षेत्रमा निरन्तर पेट्रोलिङ गराइरहेकोे छ । डेपसांग क्षेत्रमा सन् २०१३ मा दूवै देशबीच मुठभेद भएको थियो । भारतले प्रत्येक क्षेत्रको निगरानी गरिरहेको छ । सियाचेन ग्लासियरमा समेत भारतीय सेना खडाइएको छ । त्यसक्षेत्रको पश्चिमबाट पाकिस्तान छ भने पूर्वी क्षेत्रबाट चीन रहेको छ । पाकिस्तान र चीनका सेनाहरु पूर्वी क्षेत्रमा एकजुट भइ लद्दाखमाथि निगरानी गरिरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!