शुक्रबार, आषाढ १२, २०७७ || 1089  पटक पढिएको

आर्थिक वर्ष २०७७÷०७८ का लागि मिर्चैया नगरपालिकाले पाचौ नगरसभाबाट ६६ करोड ३० लाख ४८ हजार ४ सय ११ रुपैयाको बजेट सार्वजनिक गरेको छ । नगरसभामा उक्त बजेट सहितको नीति तथा कार्यक्रम मिर्चैया नगरपालिका नगरप्रमुख श्रवण कुमार यादवले प्रस्तुत गरेको हुन् । सो नगरपालिकाले सार्वजनिक गरेको प्रस्तावित नीति, कार्यक्रम तथा बजेटमा पहिलो प्राथमिकतामा शिक्षा, स्वास्थ्य र कृषि रहेको हो । शिक्षा सुधारमा जोड नगरभित्रका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको रणनीति लिदै अगाडी वढ्ने नीति लिईएको छ ।

सामुदायिक विद्यालयलाई अँग्रेजी माध्यमबाट पठनपाठनमा जोड दिदै प्रत्येक वडामा ‘एक नमूना विद्यालयको रुपमा स्तोरोन्नती गर्ने योजना रहेको मिर्चैया नगरपालिकाको नगर प्रमुख यादवले बताए । नगर प्रमुख यादवले भने, ‘नगरभित्रका सामुदायिक विद्यालयहरुमा प्रविधी जडान गर्दैछु । जसले प्रविधिमैत्री शिक्षा नीतिलाई लागु गराउन मद्दत पुग्छ । समय बदलिएको छ र अब विना प्रविधी विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिदैन ।


उत्त कार्यक्रममा मिर्चैया नगरपालिकाका प्रशासकिय अधिकृत डिल्ली राम भट्टराईले स्वागत मन्तव्य राखेको थिए । कार्यक्रममा मिर्चैया नगरपालिका नगरप्रमुख श्रवण कुमार यादवको अध्यक्षतामा भएको हो । कार्यक्रममा अतिथि रुपमा मिर्चैया नगरपालिकाका उप–नगर प्रमुख जिवछी देवी साह, मिर्चैया नगरपालिकाका प्रशासकिय अधिकृत डिल्ली राम भट्टराई, अतिथिको रुपमा मिर्चैया नगरपालिका वडा अध्यक्षहरु,मिर्चैैया नगरपालिकाका कर्मचारी खरिदार राजगिर यादब,मिर्चैया नागरपालिकाका विभिन्न शाखाका कर्मचारीहरु लगायत, नागरिक समाज,संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन मिर्चैैया नगरपालिकाका कर्मचारी धनञ्जय महतोले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!