छोटो समयमा बलिउडमा गहिरो छाप छोडेर गएका सुशान्त सिंह राजपूतको आत्महत्यापछि उनको बारेमा विभिन्न विषयमा खुलासा भइरहेका छन् ।

सुशान्तको आत्महत्यापछि बलिउड क्षेत्र, उनको परिवार, साथीभाई मात्र होइन विश्वभरीका करोडौं प्रशंसकहरु पीडामा परेका छन् ।
यसैबीच, उनकी पूर्वप्रेमिका अंकिता लोखण्डेले ब्रेकअपपछि सुशान्तसँग कुराकानी नभएको खुलासा गरेकी छिन् । करिब ६ वर्षसम्म प्रेमसम्बन्धमा रहेका सुशान्त र अंकिताको विषयमा मिडियामा विभिन्न प्रकारका समाचारहरु आइरहेको भएपनि अंकिताले एक अन्तरवार्तामा सुशान्तसँग ब्रेकअपपछि कुराकानी नहुने खुलासा गरेकी थिइन् ।

अघिल्लो वर्ष सार्वजनिक भएको उनको फिल्म मणिकर्णिकाको प्रमोशनको समयमा अंकिताले स्पोटब्याईलाई दिएको अन्तरवार्तामा उनले ब्रेकअपपछि सुशान्तसँग कुराकानी नहुने खुलासा गरेकी थिइन् ।साथै, यी दुवैले ब्रेकअपपछि एक अर्कालाई सम्बन्धलाई लिएर आरोपप्रत्यारोप समेत गरेका थिएनन् ।उक्त अन्तरवार्तामा अंकिताले ब्रेकअपपछि आफू र उनी (सुशान्त) पनि सम्हालिइसकेको बताएकी थिइन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!