खबर ठुलो छ

परराष्ट मन्त्रालयले नेपाल र चीनबीच सीमा विवाद नभएको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले नेपाल र चीनबीचको सीमा विवाद ५ अक्टोबर १९६१ मा दुई देशबीच सन्धि भएकै बेला समाधान भएको उल्लेख गरेको छ । कृषि तथा उद्योग मन्त्रालयको तथ्यांकका आधारमा दिइएको समाचारमा पुष्टि हुने आधार नरहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र अतिक्रमण गरेको समाचार आइरहेका बेला चीनले पनि सीमा विवाद गरेको विषय उठेपछि परराष्ट्र मन्त्रालयले सीमा विवादको बारेमा प्रस्ट पारेको हो । चीनले सीमा मिचेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा संकल्प प्रस्तावसमेत पेस गरिसकेको छ । तर, परराष्ट्र मन्त्रालयले भने सीमा विवाद पहिल्यै हल भइसेकेको जनाएको छ ।

नेपाल र चीन सीमाको विषयमा सन् १९६० मा सीमाको सुपरिवेक्षण र सन् १९६१ अक्टोबरमा सीमा सन्धि भएको थियो ।
सन् १९६२ मा नेपाल र चीनबीचको सीमांकन भएको र सन् १९६३ मा ब्राउन्डी प्रोटोकलमा हस्ताक्षर भएको सीमाविद् बुद्धिनारायण श्रेष्ठले बताए ।

उनका अनुसार हाल चीनसँग दोलखाको लामाबगर गाविसको लेप्चा गाउँस्थित कोर्लाङपारी हिमालको टिप्पाचुलीमा केही क्षेत्र सीमा मिचिएको भेटिएको छ । सीमाको सुपरिवेक्षण गर्दा ५७ नम्बरको पिल्लर जुन ठाउँमा हुनुपर्ने हो, सो ठाउँमा नरहेको भेटियो । लामो समय नभेटिएको सो सीमा स्तम्भ २०६२ सालमा भेटिएको थियो ।

‘नेपालका तर्फबाट ५७ गलत ठाउँमा गाडिएछ,’ सीमाविद् श्रेष्ठले भने, ‘अलिकति मिचिएको भनेर कुरा उठेको छ । संयुक्त सीमा समिति नबसेको हुँदा निर्णय भएको छैन ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।

शुक्रबार, आषाढ १२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया