अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले दुई करोड बढी अमेरिकी कोरोनाद्वारा संक्रमित हुनसक्ने आशंका जताएको छ । सिडिसीका निर्देशक डा. रोबर्ट रेडफिल्डले बिहिबार मिडियासँगको कुराकानीमा यस्तो आशंका व्यक्त गरेका हुन् । उनले भने, ‘हाम्रो सबैभन्दा राम्रो अनुमान यो हो कि जब एकजना मात्रै कोरोनाका नयाँ संक्रमित देखिन्छ तब १० अन्य संक्रमित थपिन्छन् ।’ सिडिसीका अनुसार अमेरिकामा यो महामारीले युवावर्गलाई सर्वाधिक प्रभावित पारिरहेको छ । यद्यपि, यसको फाइदा यो हो कि यसले संक्रमित व्यक्तिको मृत्युको संख्यामा कमी आउन सक्छ । सिडिसीका संक्रामक रोग विशेषज्ञ डा. जय बटलरका अनुसार युवा संक्रमित हुनुको सबैभन्दा मुख्य कारण ज्येष्ठ नागरिकले झैं युवावर्गले सावधानी अपनाउँदैनन् । अमेरिकी सिडिसीले युवामा यसबारे जागरुकता बढाउनका लागि टिकटकजस्तो सोसल मिडिया प्लेटफर्मको प्रयोग गर्नेबारे विचार गरिरहेको जानकारी दिएको छ ।
स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!