बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आ त्मह त्याको बिषयले निकै चर्चा पायो । अनुसन्धानका क्रममा पुलिसले उनको घरमा काम गर्ने कामदारहरुको पनि बयान लिएको छ । पुलिसलाई दिएको बयानमा उनको घरका स्टाफले सुशान्तले आ त्मह त्या गर्नुभन्दा तीन दिन अघि नै आफूहरुको सबै पारिश्रमिक दिएको बताएका छन् । रिपोर्टका अनुसार केहि समयदेखि बिभिन्न फिल्मबाट सुशान्त निकालिएको बताइएको छ । यसैक्रममा उनकी पूर्व म्यानेजर दिशा सलियनको सहयोगबाट १४ करोडको एक वेब सिरिजको कन्ट्रयाक्ट प्राप्त हुनेवाला थियो । तर, दिशाले सुशान्तले भन्दा ६ दिनअघि ८ जूनमा आ त्मह त्या गरेकी थिइन् । सुशान्त र दिशाको बीचमा मार्चमा २ पटक वेब सिरिज प्रोजेक्टका विषयमा कुरा भएको थियो । दिशाको मृत्युले सुशान्त डि प्रेसनको ग म्भीर अवस्थामा पुगेको बताइएको छ। एक पुलिस अधिकारीका अनुसार जाँचमा दिशा र सुशान्तबीच कुनै प्रोजेक्टका विषयमा ह्वाट्सएपमा कुरा भएको पाइएको छ । मिड डेको रिपोर्ट अनुसार सुशान्तका हालका म्यानेजरले सुशान्तलाई सान्त्वना दिएको बयान दिएका छन् । उनका अनुसार सुशान्त आर्थिक सम स्याले ग्रस्त थिए र उनीसँग अहिले कुनै काम थिएन । पछिल्लो समय उनले योजनाबद्ध रूपमा कैयौं प्रोजेक्टहरु गुमाएका थिए । जसका कारण पनि भारतमा अहिले केहि स्टार, स्टार किड र केहि समूह भारतिय दर्शकको तारो बनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!