सुशान्त सिंह राजपूतले १४ जुनमा मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेका थिए । आत्महत्या दुरुत्साहन मुद्दामा चर्चित सेलिब्रेटीसहितका केही व्यक्तिविरुद्ध अभियोग दर्ता भएपछि प्रहरीले अनुसन्धान गरिरहेकै छ । यसैबीच बुधबार सुशान्तको शरीरको फाइनल पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । यस रिपोर्टअनुसार अभिनेताको मृत्युमा सन्देश गर्नुपर्ने ठाउँ छैन । पाँचजना डाक्टरको टिमले तयार गरेको यस रिर्पोटमा फासी लागेपछि सास रोकिएर सुशान्तको मृत्यु भएको उल्लेख छ ।

प्रहरीका अनुसार सुशान्त सिंहको भिसरा रिपोर्ट आउन भने बाँकी छ । मुम्बई पुलिसले महाराष्ट्र फरेन्सिक विभागलाई यसको परीक्षण चाडै गर्नका लागि पत्र लेखेको छ । पोस्टमार्टम रिपोर्ट आउनुअघि सुशान्तको हत्या भएको हुनसक्ने भन्दै घटनाबारे छानविन गर्न परिवारले केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) सँग माग गरेको थियो ।सुशान्तको मृत्युपछि प्रहरीले परिवार, साथीभाई, पुराना म्यानेजर, टिमका सदस्य, घरमा काम गर्ने कर्मचारी, गर्लफ्रेन्ड रिया चक्रवर्ती समेत झन्डै २३ जनासँग बयान लिएको छ ।

अन्तिम ट्वीट ६ महिनाअघि
सुशान्तले अन्तिमपटक गरेको कुराकानीबारे पनि छानविन गरिएको छ । उनले अन्तिमपटक म्यानेजर उदयसिंह गौरीसँग फिल्माबारे कुराकानी गरेका थिए । त्यस्तै, प्रहरीले सामाजिक सञ्जाल ट्वीटरमा उनले गरेका ट्वीटबारे पनि छानविन गरेको छ ।

प्रहरीले यसक्रममा उनले आफ्ना केही ट्वीट आफैं डिलिट गरेको हुनसक्ने आशंका गरेको छ । प्रहरीका अनुसार उनको ट्वीट ह्यान्डलबाट २७ डिसेम्बर २०१९ मा अन्तिमपटक ट्वीट गरिएको थियो, यो ट्वीट मास्टरकार्ड इन्डियाको विज्ञापन थियो । त्यसपछि उनले कुनै ट्वीट गरेको देखिन्न । जबकी, २७ डिसेम्बर २०१९ अघि सुशान्त कहिल्यै ट्वीटरबाट यति लामो समय टाढा भएको देखिदैंन । मुम्बई प्रहरीले ट्वीटरलाई पत्र पठाएर सुशान्त सिंह राजपूतको पछिल्लो ६ महिनाको ट्वीट मागेको छ ।

यसबाट यो थाहा हुनेछ कि सुशान्तले यति लामो अवधिसम्म साँच्चै ट्वीट गरेका थिएनन् ? वा उनले पछिल्लो ६ महिनाको ट्वीट डिलिट गरेका थिए । यदी, उनले ट्वीट डिलिट गरेका थिए भने ट्वीटमा त्यस्तो के थियो ? यदी गरेका थिएनन् भने किन लामो समयसम्म ट्वीटरबाट टाढा राखे । त्यस्तै, फेसबुकमा पनि सुशान्तको अन्तिम पोस्ट २७ डिसेम्बर २०१९ मै आएको थियो, यो पनि मास्टरकार्डकै विज्ञापन थियो । सुशान्त मृत्यु हुनभन्दा ११ दिनअघिसम्म इन्स्टाग्राममा सक्रिय थिए । उनले आमाको फोटो गर्दै उनको संझनामा अन्तिम ट्वीट गरेका थिए । सन् २००० मै सुशान्तकी आमाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!