बिहिबार, आषाढ ११, २०७७ || 825  पटक पढिएको

एक सातामा भक्तपुरमा दुई जना किशोरी बलात्कृत भएका छन् । गत जेठ ३१ गते चाँगुनारायण नगरपालिका वडा नम्बर १ दुवाकोटमा १३ वर्षकी र असार ४ गते मध्यपुरथिमिमा एक १४ वर्षकी किशोरी बलाकृत भएका हुन् । पीडित किशोरीहरुका आफन्तले दिएको जाहेरीको आधारमा घटना संग्लन दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिए । पीडित किशोरीकी हजुरआमाको जाहेरीमा भनिएको छ, ‘जेठ ३१ दिउँसोको समयमा मेरी नाबालक बर्ष १३ की नातिनीलाई ललाई फकाई आर्थिक प्रलोभनमा पारी जबरजस्ती करणी गरेको हो । ’

किशोरीलाई चाँगुनारायण न.पा. १ दुवाकोट बेसीमा आफ्नै कोठामा लगी जबरजस्ती करणी गरेको भन्दै प्रहरीले रुकुम जिल्ला भुमे गाउँपालिका वडा नं. ९ बस्ने बर्ष ३५ का जबर खड्कालाई असार ६ गते पक्राउ गरेको छ । खड्कालाई पक्राउ गरी कानूनी प्रक्रिया पुरा गरी जिल्ला अदालत भक्तपुरबाट दश दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ । यसैगरी अर्को घटनामा असार ४ गते काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नं. १ बस्ने बर्ष २१ को सोमराज परियारले १४ वर्षकी किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै पीडितकी आमाले जाहेरी दिएकी छिन् ।

परियारले दिउँसोको समयमा १४ वर्षकी किशोरीलाई ललाई फकाई आर्थिक प्रलोभनमा पारी मध्यपुर ठिमी न.पा. वडा नं. ९ निलबाराही जंगलमा लगी जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ । पीडित किशोरीको आमाले दिएको किटानी जाहेरी दरखास्तको आधारमा परियारलाई ५ गते पक्राउ गरी कानूनी प्रक्रिया पुरा गरी जिल्ला अदालत भक्तपुरबाट दश दिनको म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!