बिहिबार, आषाढ ११, २०७७ || 573  पटक पढिएको

बाख्रापालन व्यवसाय गर्दै आएका किसानलाई लक्ष्य गरेर गल्याङ नगरपालिकाले बाख्रालाई आफ्नो समय अनुकूल बोका खोज्ने ९हिट सिङ्क्रोनाइजेसन० प्रविधिको शुरुआत गरेको छ । गल्याङ– ७ का ललित थापाको बाख्रा फर्ममा यो प्रविधिको पहिलो पटक प्रयोग गरिएको हो ।
बाख्राको प्रजनन अङ्गमा सिआइडिआर राखेपछि हर्मन उत्पन्न भई बोका खोज्ने हुँदा यो प्रविधि निकै महत्वपूर्ण भएको नगरपालिकाका पशु सेवा शाखाका अधिकृत सुशील अर्यालले बताउनुभयो । पहिलो पटक १४ बाख्रामा यो प्रविधिको प्रयोग गरिएको र पछि थप एक सय वटामा गरिने योजना छ ।
बाख्रालाई आफूले स्याहारसुसार गर्न अनुकूल हुने सयममा पाठापाठी उत्पादन गर्नका लागि यो प्रविधिको प्रयोग गरिन्छ । यसरी बाख्रालाई समयअनुकूल बोका खोज्ने बनाउनका लागि निरोग बाख्राका साथै सुत्केरी भएको दुई महिना पुगेको बाख्रा छनोट गरेर आन्तरिक परजीवीको औषधि र मिनरल खुवाएको २० दिनपछि बाख्राको प्रजनन अंगबाट सिआइडिआर योनीमा राखिन्छ । यसलाई राखेको १७ दिनपछि निकालेर अर्को हर्मोन ल्युटिनाइज बाख्राको शरीरमा लगाइन्छ । यो लगाइएको ४८ घण्टामा बाख्राले पूर्ण रुपमा बोका खोज्ने र बोयर जातको बोका लगाइने पशु शाखाका अधिकृत अर्यालले बताउनुभयो ।
यस क्षेत्रमा काम गर्ने चिकित्सक र प्राविधिकको कमी तथा हर्मोन महंँगो हुनाका साथै सहज रुपमा पाउन गाह्रो हुने भएकाले किसानसमक्ष प्रविधि आउन नसकेको अर्यालको भनाइ छ ।
व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका किसानले यो प्रविधिको प्रयोग गर्न सकेमा धेरै फाइदा लिन सक्ने देखिन्छ । यो प्रविधिको सबैभन्दा महत्वपूर्ण पक्ष किसानले आफूलाई अनुकूल हुने समयमा पाठापाठी उत्पादन गर्ने सकिने हुन्छ । साउन, भदौ, पुस र माघमा बाख्राले बच्चा जन्माउँदा राम्रोसँग हुर्काउन नसकिने हुनाले यीबाहेक अन्य महिनामा बाख्रालाई सुत्केरी बनाउन सकिन्छ । यो प्रविधिको प्रयोग गर्नका लागि बाख्रा सुत्केरी भएको कम्तीमा दुई महिना पुगेको र निरोग हुनुपर्छ ।
नगरपालिकाका प्रमुख भूपराज अधिकारीले नगरपालिकालाई कृषिमा आत्मनर्भर गराउने योजनानुसार काम भइरहेको बताउँदै किसानका लागि आवश्यक पर्ने सबै कुरामा सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरपालिकाका प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले नगरभित्र रहेका कृषकलाई व्यावसायिक रुपमा काममा लाग्ने हौसला प्रदान गर्ने उद्देश्यले विभिन्न प्रकारका अनुदानका कार्यक्रम सञ्चालन हुँदै आएको जानकार िदिनुभयोे । नगरपालिकाले कृषकलाई अदुवा र च्याउ खेतीका लागि निःशुल्क बीउबिजन वितरण गर्नाका साथै दूध बिक्री गर्ने किसानलाइ अनुदानको व्यवस्था गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!