बिहिबार, आषाढ ११, २०७७ || 842  पटक पढिएको

बेलायतले कोरोना भाइरस बिरामीका लागि तयार पारेको खोप मानिसमा परीक्षण गरेको छ । इम्पेरियल कलेज लण्डनले जनावरमा गरिएको परीक्षण सफल भएपछि मानिसमा गर्न लागेको हो । खोप कलेजका प्राध्यापक रोबिन शाट्टोक र उनका सहकर्मीहरूको नेतृत्वले तयार गरेको र यही समूहले यसको परीक्षण थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

समाचारहरूमा जनाइएअनुसार इच्छुक ३०० व्यक्तिमा अबको एक साता खोपको परीक्षण गरिनेछ । वैज्ञानिकहरुका अनुसार यो, नयाँ प्रकारको कोरोना भ्याक्सिन आविश्कार गरेर केही भोलिन्ट्यरमा समेत टेष्ट गर्न शुरु गरिसकेको र ८–१० महिना सम्ममा बजारमा ल्याउन सकिने भनिएको छ।

अहिलेसम्म विश्वभर गरिरहेको भ्याकसिनको अनुसन्धान भन्दा बिलकुल फरक तरिकाबाट जेनेटिक कोडको सिन्थेटिक स्ट्राण्ड प्रयोग गरेर बनाएको र यसलाई बिबिसीले ‘क्रान्तिकारी’ पाइला भनि टिपणी गरेकोछ। यसरी उत्पादन गरिएको एक लिटरको भ्याकसिन पदार्थले २० लाख मानिसलाई पुग्ने बताइएको छ।

कोरोना भाइरसविरुद्धको औषधि विकास गर्न पछिल्लो समय युद्धस्तरमा खोज तथा अनुसन्धान भइरहेका छन् । यसविरुद्धका सम्भावित १ सय २० खोपमा काम भइरहेको छ । यही क्रममा अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले पनि खोपको विकास गरेका थिए । जसको दोस्रो चरणको मानवीय परीक्षण भइसकेको छ । बीबीसीका अनुसार, तेस्रो मानवीय परीक्षणको तयार विश्वविद्यालयले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!