बिहिबार, आषाढ ११, २०७७ || 783  पटक पढिएको

वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि मात्र प्राप्त हुने व्यवस्थासहितको विधेयक प्रतिनिधिसभामा पुगेको छ । अंगीकृत नागरिकता नपाउञ्जेलको लागि नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलालाई स्थायी अनुमतिपत्र भने दिइनेछ । विश्वका अधिकांश मुलुकमा पनि त्यस्तै व्यवस्था छ ।

छिमेकी भारतका नागरिकसँग विवाह गरेका विदेशी महिलालाई नागरिकता होइन कम्तिमा सात वर्षसम्म आधार कार्ड नै दिइन्छ । नेपालको प्रस्तावित स्थायी अनुमतिपत्र र भारतीय आधार कार्डबीचको अन्तर के कस्तो होला ?

नेपालले प्रस्ताव गरेको स्थायी अनुमतिपत्रले बुहारी बनेका कुनैपनि विदेशी महिलालाई मुलुकभर चल–अचल सम्पति आर्जन,भोग चलन र बेचबिखनको अधिकार प्रदान गर्नेछ । त्यसैगरी,व्यवसायिक लाभ र सम्पत्तिको अन्य कारोबार गर्नसमेत पाउनेछन् । त्यस्ता महिलाले स्वतन्त्र ढंगले पेशा व्यवसाय सञ्चालन,उद्योग,व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्न पाउनेछन् ।

स्थायी अनुमति पत्रको आधारमा जन्म,मृत्यु,विवाह,सम्बन्धविच्छेद, बसाईसराईजस्ता व्यक्तिगत घटना दर्ता गर्न,सेवाग्राहीको हैसियतले कानुनवमोजिमका निकायबाट प्राप्त सुविधा,छुटजस्ता सेवाको उपयोग पनि गर्न पाउनेछन् । उनीहरूले कुनैपनि शैक्षिक संस्थामा अध्ययन गर्ने,प्रमाणपत्र प्राप्त गर्ने र अन्य आर्थिक,सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्नेछन् । साथै,उनीहरूले त्यसैको आधारमा पछि राष्ट्रिय परिचयपत्र समेत प्राप्त गर्नसक्ने छन् ।

भारतीय आधार कार्डले भने मुख्यतः तोकिएको स्थानमा राशन,ग्याँस,मट्टितेल खरिद गर्दा छुट र आवश्यक सहयोग पाउँछन् । त्यसैगरी बैंक खाता खोल्न, पासपोर्ट बनाउन, ई–टिकट खरिद गर्न पनि सक्छन् । नागरिकको पहिचानसँग सम्बन्धित विषय जानकारी दिनुपर्ने निकायमा पनि आधार कार्डको प्रयोग गर्न सक्छन् । तर, नेपालले प्रस्ताव गरेको स्थायी अनुमति पत्रले झैं भारतीय आधार कार्डको आधारमा कोही पनि मतदानमा सहभागी हुन पाउँदैनन् ।

यता, प्रस्तावित नागरिकता ऐन संशोधन विधेयकको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापतिलगायतका धेरैजसो नेताले मौनता साँधेका छन् । उनीहरूले आगामी निर्वाचन भन्दापनि पार्टीको महाधिवेशनलाई दृष्टिगत गरेर नबोलेको हुनसक्ने बताइएको छ । उनीहरूमा तराईका प्रतिनिधिको मत यताउता हुँदा महाधिवेशनमा आफूहरूको भविश्य नै तलमाथि हुने भयले घर गरेको छ । महामन्त्री विमलेन्द्र निधीले नागरिकता ऐन संशोधनको समर्थनमा चुँइक्क नगर्न भन्दै सभापति शेरबहादुर देउवाको सातो लिएको देखेपछि अरुले पनि बोल्ने आँट नगरेका हुन् ।
जन आस्था

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!