बिहिबार, आषाढ ११, २०७७ || 700  पटक पढिएको

प्रधानमन्त्रीमा आफ्ना एजेण्डा संसदीय दलबाट सहर्ष स्वीकार्य हुने अटल विश्वास किन भएको होला ?

किनभने,त्यहाँ पनि उही घाटको पानी खाएका नेता न सांसद छन् ! तर, प्रधानमन्त्रीका निम्ति पार्टीका सचिवालय,स्थायी कमिटीहरु भन्दा संसदीय दल प्यारो रहँदै आएको छ । जनआस्थाले प्रममा मौलाएको यो विश्वासको खोजी गर्यो ।

प्रमुख सचेतक देव गुरुङलाई थाहा छैन, सम्पूर्ण पूर्वएमाले सांसदले चार–चारवटा सादा पानामा हस्ताक्षर गरेर संसदीय दलमा बुझाएका छन् । यो काम संसदीय दलका उपनेता सुवास नेम्वाङ र राष्ट्रियसभाका सचेतक खिमलाल भट्टराईबाट भयो । तर, शायद, आजसम्म प्रमुख सचेतक यसबारे जानकार छैनन् । जनआस्थाले करिव आधा दर्जन पूर्वएमाले तर्फका सांसदलाई सोध्यो, सबैले ‘हो’ भनेका छन् ।

अनि,सादा कागजमा सही गरेर बुझाएपछि, त्यो पनि चार–चारवटा– को तर्सिदैन ? त्यो कागजको तलमाथि जेसुकै लेखियोस्,भोलि विवाद नै भएछ भने पनि हस्ताक्षर प्रमाणिकरणका वैज्ञानिक विधि अपनाइन्छ । हस्ताक्षरचाहिँ सबैले आ–आफ्नै हातले गरेका छन् । अनि, यति भएपछि प्रधानमन्त्रीलाई आफ्नो पूर्व दलमाथि शंका गर्नुपर्ने अवस्था, पूर्वदलका अरु नेताले पार्टी बैठकमा बोलेका कुराको किन चिन्ता होला र ?

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!