बुधबार, आषाढ १०, २०७७ || 804  पटक पढिएको

सरकारले आजदेखि बाहिरका जिल्लाबाट काठमाडौं उपत्यका छिर्नेहरूलाई १४ दिन होम क्वारेण्टिनमा बस्न अनिवार्य गरेको छ । त्यसरी क्वारेण्टिनमा बसेकामध्ये पनि कोरोनाको लक्षण देखिएकाको मात्र पीसीआर परीक्षण गरिने छ । काम विशेष र पेशा, व्यवसायको कारण उपत्यका भित्रिएकालाई काठमाडौं, भक्तपुर र ललिपुरका घरबेटीले पीसीआर परीक्षणपश्चात् मात्र डेरामा छिर्न दिएको गुनासो आएपछि हिजो गृह मन्त्रालयले नयाँ व्यवस्था गरेको हो ।

घरबेटीहरूले कोरोना परीक्षण नगरी डेरा छिर्न नदिएपछि केही सातादेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,टेकुमा सर्वसाधारणको थेगिनसक्नु चाप बढेको थियो । उपत्यका बाहिरबाट आएकामध्ये दैनिक एक हजार भन्दाबढी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पुगेपछि गृहले आजदेखि उनीहरूलाई १४ दिन ‘होम क्वारेण्टिनमा बस्ने’ र ‘त्यसबीचमा लक्षण देखिएकाको मात्रै परीक्षण गर्ने’ नयाँ व्यवस्था लागू गरेको हो ।

स्वास्थ्य मन्त्रालयको सिफारिशमा जारी गरिएको नयाँ व्यवस्था कडाइकासाथ लागू गर्न गृहले काठमाडौं उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयलाई हिजो निर्देशन दिएको छ । असार १ गतेदेखि लकडाउन खुकुलो भएपछि काठमाडौं उपत्यका भित्रिनेहरूको चाप ह्वात्तै बढेको हो । भारतबाहेक तेस्रो मुलुकबाट आउनेलाई राजधानीका विभिन्न होल्डिङ सेन्टरमा केही समय राखेपछि सोझै सम्बन्धित प्रदेश र जिल्लाका स्थानीय निकायले तयार पारेका क्वारेण्टिनमा पुर्याउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!