बुधबार, आषाढ १०, २०७७ || 612  पटक पढिएको

संयुक्तराज्य अमेरिकाको एक अदालतले शरीरलाई घातक मानिएको टेलकम पाउडर बिक्री गरेको आरोपमा औषधि उत्पादक जोन्सन एन्ड जोन्सन कम्पनीविरुद्ध दुई अर्ब १० करोड डलर जरिमाना भुक्तानी गर्न आदेश दिएको छ । यद्यपी मिजौरी पुनरावेदन अदालतले जरिमानाको अंकलाई आधा घटाएर फैसला सुनाएको थियो । प्रारम्भिक मुद्दामा करिब ४ अर्ब ४० करोड जरिमाना मागदाबी गरिएको थियो । अदालतको आदेशमा जोन्सनले जानाजान क्यान्सर रोग लगाउन सक्ने तत्व अस्वेस्टोस मिश्रित टेलकम पाउडर उपभोक्तालाई बिक्री गरेको उल्लेख छ । अदालतको आदेशमा टेलकम पाउडरको प्रयोगबाट शरीरमा क्यान्सर लागेको भन्दै जोन्सन विरुद्ध मुद्दा दायर गरिएको प्रसंग राख्दै अदालतले आदेशमा मानिसको स्वास्थ्यसँग पैसा वा जरिमानालाई दाँज्न नसकिने जनाएको छ । सन् २०१९ मा पनि क्यालिफोर्नियाको अदालतले एक बालिकालाई जोन्सनको टेलकम पाउडरका कारण क्यान्सर भएको भन्दै दशौं लाख अमेरिकी डलर जरिमाना तिराएको थियो । गत महिना जोन्सनले अमेरिका र क्यानडामा टाल्क मिश्रित बच्चाका लागि पाउडर उत्पादन नगरिने घोषणा गरेको थियो, तर कम्पनीले विश्वका अरु देशमा भने यसको बिक्री यथावत राख्ने जनाएको छ । तर जोन्सन एन्ड जोन्सनकी एक प्रवक्ताले मिजौरी अदालतको आदेश विरुद्ध मिजौरीको सर्वोच्च अदालतमा मुद्दा दायर गरिने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!