बुधबार, आषाढ १०, २०७७ || 905  पटक पढिएको

दाङको घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष ०७७÷०७८ का लागि रु पौने दुई अर्बको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाकोे सातौँ नगरसभामा आज उपप्रमुख सीता सिग्देलले रु एक अर्ब ८५ करोड २२ लाख ९३ हजारको बजेट प्रस्तुत गर्नुभयो । उपमहानगरले चालुतर्फ रु एक अर्ब आठ करोड ५७ लाख २२ हजार अर्थात् ५८ दशमलव ६० प्रतिशत र पूँजीगततर्फ रु ७६ करोड ६५ लाख ७१ हजार अर्थात् ४१ दशमलव ४० प्रतिशत बजेट विनियोजन गरेको छ । उपमहानगरले १९ वडालाई रु ९० लाख विकास बजेट र रु १० लाख वडा कार्यालय व्यवस्थापनमा बजेट छुट्याएको छ । ‘फाल्ने छैनौँ बाहिर फोहर, हुनेछ घोराही सफा शहर’ भन्ने भावना जागृत गराउँदै सरसफाइतर्फ रु ५९ लाख ५० हजार, विपन्न वर्गको विकासका लागि रु ७८ लाख, कानूनी सहायता कोषका लागि रु ११ लाख ३० हजार विनियोजन गरिएको छ । महिला, बालबालिका, अपाङ्गता, ज्येष्ठ नागरिक, पिछडिएका वर्ग, लोपोन्मुख जनजाति र मुसलमान महिलाको सशक्तीकरणका लागि रु ७६ लाख ३८ हजार बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!