खबर ठुलो छ

प्यूठान जिल्लाका स्थानीय तहहरुले खरको छाना विस्थापित गरी विपन्नका घरमा जस्तापाता लगाउने कार्यक्रम प्रभावकारी बनेको छ । लामो समयदेखि खरको छानामुनि बसेका जस्तापाताले छाउन नसकेका परिवारलाई स्थानीय तहमार्फत जस्तापाताले घर छाउने कार्यक्रम ल्याइएको हो ।

गौमुखी गाउँपालिकाले गत आर्थिक वर्ष २०७५÷७६ मा एक हजार ४२८ अतिविपन्न परिवारको घरमा जस्तापाताले छाउने कार्यक्रम सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताउनुभयो । रु पाँच करोड २८ लाख लागतमा जस्तापाता लगाइएको उहाँको भनाइ छ । गाउँपालिकाले प्रतिघर रु ४० हजार लगानीमा जस्तापाता लगाएको थियो । सो गाउँपालिकाले चालू आर्थिक वर्षमा पनि विभिन्न वडाका १२४ घरधुरीमा रु ५० लाख लागतमा जस्तापाता लगाएको छ ।

धेरै वर्षदेखि खरको छानामा बसेका गौमुखी–२ अर्खा ठूलाचौरका श्यामबहादुर थापाले जङ्गलको नजिक घर हुँदा खरको छानामा आगलागीको डर हुने गरेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको सहयोगमा जस्तापाता लगाएपछि अहिले डर हटेको छ ।

यस्तै स्वर्गद्वारी नगरपालिकाले पनि नगर क्षेत्रमा रहेका विपन्न परिवारका घरमा जस्तापाता लगाउँदै आएको छ । आगामी आर्थिक वर्षमै खरको छानो विस्थापित हुने गरी काम भइरहेको नगरपालिकाले जनाएको छ । करिब दुई हजार २०० घरहरु खरको छानो भएको स्वर्गद्वारीमा करिब एक हजार ५०० घरधुरीमा जस्तापाता लगाइसकिएको नगरप्रमुख नेत्रबहादुर रोका क्षेत्रीले बताउनुभयो ।

आगामी वर्ष पनि प्रदेश सरकारसँग समन्वय गरेर रु एक करोड ५० लाख बजेट विनियोजन गरी १ र २ नं वडामा रहेका खरका छाना भएका घरहरुलाई जस्तापाताले छाएर नगरपालिकालाई खरको छानामुक्त घोषणा गर्ने योजना रहेको उहाँले बताउनुभयो । माण्डवी गाउँपालिकाले पनि पालिका क्षेत्रभित्र ७५० घरमा जस्तापाता लगाएको छ ।

बुधबार, आषाढ १०, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया