बुधबार, आषाढ १०, २०७७ || 607  पटक पढिएको

वालिङस्थित सामुदायिक विद्यालयका शिक्षकहरुले वालिङ नगरपालिकाको राहत कोषमा हालसम्मकै सर्वाधिक राशि उपलब्ध गराएका छन् । नगरपालिकाले स्थापना गरेको कोभिड–१९ राहत कोषमा वालिङ नगरभित्रका ८० सामुदायिक विद्यालयका स्वीकृत दरबन्दीमा कार्यरत स्थायी, अस्थायी, राहत, साविक उच्च माध्यमिक विद्यालय र प्राविधिक धारसमेतका शिक्षकहरुले रु १५ लाख ३४ हजार ९८३ को चेक मङ्गलबार वालिङ नगरप्रमुख दिलीपप्रताप खाँण तथा उपप्रमुख कल्पना तिवारीलाई हस्तान्तरण गरेका हुन् ।

विश्व समुदाय कोरोना भाइरससँग जुधिरहेको अवस्थामा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुको तर्फबाट पनि केही सहयोग गर्नुपर्छ भन्ने भावनाले राहत कोषमा रकम जम्मा गरेको नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्ष एवं रणवीर जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीले बताउनुभयो ।

नगरभित्रका मावि तह वा सो सरहका शिक्षकहरुको पाँच दिनको र अन्य शिक्षकहरुको तीन दिनको पारिश्रमिक सङ्कलन गरिएको प्रधानाध्यापक रेग्मीले बताउनुभयो ।

कोभिड–१९ का कारण आइपरेको समस्यामा राज्यले बनाएको नीतिलाई सहर्ष स्वीकार गरी रकम सङ्कलन गरेर नगरपालिकालाई एकमुस्ट उपलब्ध गराइएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य एवं पूर्णामृत भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक परशुराम लम्सालले बताउनुभयो ।

नगरप्रमुख खाँणले शिक्षकहरुले कोरोना भाइरस नियन्त्रणका लागि अनवरतरुपमा सक्रिय रहँदा रहँदै पनि राहत कोषमा आर्थिक सहयोग गरेर उदाहरणीय कार्य गरेकोमा खुशी व्यक्त गर्नुभयो । “नगरपालिकाले स्थापना गरेको राहत कोषमा सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुले एकमुस्ट हालसम्मको सर्वाधिक राशि उपलब्ध गराएर ठूलो सहयोग गर्नुभएको छ” उहाँले भन्नुभयो, “यहाँहरुले उपलब्ध गराउनुभएको रकमको सही सदुपयोग गर्नेछौँ ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!