मंगलबार, आषाढ ०९, २०७७ || 1419  पटक पढिएको

नेपाली समाजमा थुप्रै कारणहरुले डि’भोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ? श्रीमतीलाई खुसी बनाउने २० सुत्रहरु अपनाउनुभयो भने तपाइको दाम्पत्य जीवन सफल हुन सक्छ ।
– श्रीमतीको मूडको ख्याल राखेर ब्यवहार गर्ने
– श्रीमतीका कुरा सुन्ने र सकेसम्म् उनको माग अनुसारको सपिङ गर्ने।
– श्रीमतीले बोलेको जोक्समा हास्ने र दुःखको कुरा गरे, हो मा हो मिलाउने।
– कस्लाई भेट्न गएको फोटो खिंचेर श्रीमतीलाई पठाउने
– बेला-बेला घुम्न लैजाने।
– अफीसको कामले दिक्दार भएपनी, घरमा प्रवेश गर्ने बित्तिकै हास्ने र चुलो चौकामा साथ दिने।
– श्रीमतीका साथीहरूको सम्मान गर्ने र श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने।
– आफ़्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने।
– फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमेंट्स गर्नुअघि ख्याल गर्ने
– काली, परी, माया, बेबी र मेरो महारानी भनेर बोलाउने ।
– कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने। बरु नराम्री केटीको फ़ोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्ने।
– भूलेर पनी श्रीमतीका बाउआमाको नराम्रो पक्ष ननिकाल्दिने। सकेसम्म माईतीको कुकुर र भैसिको पनी भरपूर तारीफ गर्ने।
– घर सफा, गर्ने, कपड़ा धुने, बजार जाने र खाना पकाउने।
-आफू जतिसुकै बिजि भएपनी दिउँसो सम्झिने फोन गरेर Love you Baby भन्ने। विवाहको सधै औठी लगाउने र मोबाइलको
स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने।
– श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने।
– पूराना कुरा निस्के, तिमी राम्री भएर त हो टोलका केटाहरू अहिलेसम्म तीम्रो पछी परेको भन्ने।
– श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने।
– श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने।
– श्रीमती उठ्ने बित्तिकै चिया बनाउने
– श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनी आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी तारीफ गर्ने।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!