लेख्नेहरुले प्रेमको परिभाषा फरक–फरक लेखेका छन्,तर समय–समयमा यस्ता उदाहरण भेटिन्छन् जसले प्रेमको गहिराई र पवित्रतालाई अलग तरिकाले बयान गर्छन् ।

समाचारअनुसार प्रेमको यस्तै एक उदाहरण फिलिपिन्सको मनिलामा भेटियो । यहाँ, एक महिलाले आफ्नो पिताको मृत्युको १० महिनापछि एक इमेल भेटिन् । यो कुनै सामान्य इमेल थिएन, यसमा बाबु–आमाको २५ औं वैवाहिक वर्षगाँठ मनाउने योजना समावेश थियो ।

इमेलमा थियो योजना
मनिलाकी एलिसा मेन्डोजाका बाबुको मृत्यु १० महिनाअघि भएको थियो । जब उनले भर्खरै मृतक बाबुको एक इमेल फेला पारिन्, तब भावूक भइन् । यसमा २५ औं वैवाहिक वर्षगाठँको खुसी कसरी मनाउने भनेर विस्तृतमा लेखिएको थियो । एलिसाका बाबुले वैवाहिक वर्षगाठँको केही दिनअघि मात्रै छोरीसमक्ष पत्र पुग्नेगरी इमेलको सेटिङ गरेका थिए । अनि, यहाँ लेखिएको योजना पढेपछि आफ्ना बाबुलाई सम्झिएर एलिसाले आँशु थाम्न सकिनन् ।

फूलका लागि अग्रिम रकम
एलिसाका अनुसार उनका पिताले हरेक वर्ष पत्नीको जन्मदिन १९ अगस्ट, भ्यालेन्टाइन डे र वैवाहिक वर्षगाँठ १० जुनका अवसरमा फूल पठाउने व्यवस्था व्यवस्था मिलाएका रहेछन् । उनले एक फूल बिक्रेतालाई केही वर्षसम्मका लागि एडभान्स पेमेन्ट दिइसकेका रहेछन्, ताकि आफ्नो मृत्युपछि पनि श्रीमतीसमक्ष मनपर्ने फूलहरुको गुच्छा पुगोस् ।

पत्नीको रोजाईको रेस्टुरेन्टमा टेबुल बुक
त्यस्तै, एलिसाकी आमाको रोजाईको रेस्टुरेन्टमा २५ औं वैवाहिक वर्षगाँठका लागि उनले टेबुल पनि बुक गरिसकेका रहेछन् । र, यस कुराका पनि ध्यान राखिएको थियो कि यदी कुनै तरिकाले बाहिर जान मन लागेन भने पत्नीलाई मनपर्ने खाना बाहिरबाटै मगाउन सकियोस् । उनले एलिसाकी आमालाई एक चिट्ठी पनि लेखेका रहेछन्, जसमा उनले आफ्नो प्रेम बयान गरेका छन्

सामाजिक सञ्जालमा पोस्ट भाइरल
आफ्ना बाबुको यस मेहिनतलाई एलिसाले खेर जान दिइनन् । उनले वैवाहिक वर्षगाठका दिन अर्थात् १० जूनमा आफ्नी आमालाई पिताको निर्देशन बमोजिम उनको मनपर्ने रेस्टुरेन्टमा लगिन् । उनले ती सबै काम गरिन्, जसको योजना बाबुले बनाएका थिए । अहिले यो पोस्ट फेसबुकमा भाइरल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!