राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले धेरै ‘सरिता’हरुलाई मन्त्री र सांसद बनाउने मेलोमा आफूहरु नभएको बताउनुभएको छ । राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै बिडारीले भन्नुभयाे, ‘अब हामी धेरै ‘सरिता’हरु चाँडै अंगीकृत बनाएर देशमा मन्त्री र सांसद बनाउने मेलोमा छैनौं। यति कुरा जान्नुस् है।’

भारतमा जन्मेकी सरिता गिरी प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । उहाँले नेपालले आफ्नो भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरेकोमा लगातार विरोधमा अभिव्यक्ति दिँदै आउनुभएकाे छ ।

नयाँ नक्साका आधारमा निशान छाप परिमार्जन गर्नका लागि सरकारले संविधान संशोधनका लागि सरकारले दर्ता गराएको विधेयकको विरोधमा उभिनुभएका सांसद गिरीलाई सात दिनभित्र आफ्नो स्पष्टीकरण दिन पार्टीले स्पष्टीकरण सोधेको छ ।

मधेसको नारीलाई होच्याएर, विदेशबाट नारीहरु ल्याएर अनि तिनीहरुलाई फटाफट नागरिकता बनाएर मन्त्री र सांसद बनाउन नहुने पनि उहाँले बताउनुभयाे । उहाँले प्रश्न गर्नुभयाे, ‘मधेसको नारीलाई होच्याएर, विदेशबाट नारीहरु ल्याएर अनि तिनीहरुलाई फटाफट नागरिकता बनाएर, मन्त्री बनाएर हिँड्ने ?’

भारतीय नागरिकलाई मात्रै नभएर सबै देशकाे लागि सविंधा बनाएकाे पनि उहाँले स्पष्ट पार्नुभयाे । ‘भारतीय नागरिकलाई मात्रै लागु हुनेगरी सविंधान बनाएको हो ? यस्तो होइन । संसारभरबाट नेपालको ठिटाहरुले विदेशका ठिटीहरु विवाह गर्न सक्छन् । त्यो छुट छ कसैलाई रोकतोक छैन । त्यसकारणले भारतीय नागरिकलाई मात्रै लागु हुने कुरो होइन,’ उहाँले भन्नुभयाे ।

भारतले छाेरी नदिए नेपालको छोराले नेपालकी छोरी बिहे गर्न सक्ने पनि उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘भारतले छोरी दिँदैन भनेर एकजना रोएछन् । भारतले नदिए नेपालको छोराले नेपालकी छोरी बिहे गर्छन्। यति कुरा बुझ्न सकिन्न ?’

उनले पहिले भएको व्यवस्था नै कायम राख्नुपर्ने तर्क मान्न नसकिने बताउनुभयाे । ‘पहिले पञ्चायत थियो, राणाकाल थियो। किन हटाएको त ?’, उहाँले प्रश्न गर्नुभयाे, ‘एकबेला त भारतको मान्छे नेपालको राजाको सचिब हुन्थ्याे । राजाको दरबारमा आएर भारतीय बस्ने, अहिले पनि त्यहिँ कायम गर्ने ? कुनै बेला भारतीय कांग्रेस पार्टीको सदस्य नेपालको प्रधानमन्त्री भएका थिए, अहिले पनि त्यहिँ कायम गर्न ?

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!