(हिपमत संवाददाता ) विराटनगर,१९ पुस ः रारा बचत तथा ऋण सहकारी संस्था विराटनगर ७ को आठौ बार्षीक सधारणसभा शनिबार सकिएको छ ।
सहकारीका अध्यक्ष शेरबहादुर थापा मगर को अधयक्षता सम्पन्न कार्यक्रममा सहकारीका शेयर सदस्य , सधारण सदस्य , बचतकर्ता लगायतको सहभागिता थियो । सधारणसभाको उद्घाटन विराटनगर महानगरपालिकाका उप–प्रमुख ईन्दिरा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
सहकारीले १२ करोड ५० लाखको सम्पती तथा जायजेथा भएको आर्थिक आर्थिक प्रतिवेदनमा उल्लेख गरेको छ । कार्यक्रममा आधादर्जन शेयर सदस्यहरुलाई सम्मानीत गरिएको थियो । सहकारीले २ करोड ४१ लख ८८ हजार नाफा गरेको छ । कार्यक्रममा बोल्दै उप–प्रमुख कार्कीले सहकारीले मानिसको जिवनस्तर उकास्ने माध्याम भएको बताउनुभयो ।