खबर ठुलो छ

जंगी अड्डामा पृतनापतिहरूको भेला हिजो सकिएको छ । भेलामा राष्ट्रिय सुरक्षा र कोरोना महामारीको बारेमा धेरै छलफल भएको थियो । त्यहि क्रममा विप्लव माओवादीको हिंसात्मक गतिविधि मुलुकको लागि अलिकति चुनौतीपूर्ण देखिएकाले बेलैमा अनुगमन थाल्नुपर्ने बताइयो ।

पछिल्लो साता राजधानीमै विप्लवले ठूलो मात्रामा जम्मा गरेको बिस्फोटक पदार्थ भेटिएपछि सुरक्षा चुनौती थपिएको जर्नेलहरुको निस्कर्श थियो । त्यत्ति धेरै परिमाणको बिस्फोटक पदार्थ कसरी र कहाँबाट ओसारियो भन्ने विषय नै यतिखेरको सुरक्षा चुनौती भएको पृतनापतिहरूको धारणा थियो । उनीहरूले कोरोना महामारी र लकडाउनको फाइदा उठाउँदै हतियार थुपारेको हुनसक्ने आँकलन गरिएको छ । विप्लवको स्ट्रेन्थको बारेमा भने सुरक्षा निकायले अझैपनि ढुक्क हुनसक्ने विवरण प्राप्त गर्न सकेको छैन ।

भेलाले कोरोना संक्रमितको संख्या नसोचेको विन्दूमा पुग्नसक्ने आँकलन गरेको छ । कोरोना रोकथामको उपाय र सेनाले भोगेका कठिनाइको बारेमा पनि खुलेरै छलफल भएको थियो । सेनाले सबैतिर क्वारेन्टिनमा राखेका वा क्वारेन्टिनको लागि लगिएका आशंकितहरूको ओसारपसारमा ठूलो कठिनाई भोग्नुपरेको बताएको छ । बेलैमा कोरोना रोकथामको लागि पीसीआर मेशिन धेरै ठाउँमा राख्नुपर्ने निश्कर्ष पनि निकालेको छ ।

सेनापतिले वर्षायाम शुरु भएकाले सम्भावित बाढी,पहिरो प्रकोप उद्धारका लागि तम्तयार भएर बस्न पृतनापतिहरूलाई आवश्यक निर्देशन दिएका छन् । त्यसका लागि राज्यका अन्य सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न पनि सुझाइएको छ ।

सेनाभित्र झाँङ्गिदै गएको आर्थिक अनियमितताको बारेमा पनि भेलामा उपस्थित जर्नेलहरूलाई नेतृत्वले सांकेतिक रूपमा सचेत गराएको छ । संगठनको साख गिराउने भएकाले कुनैपनि अनियमिततामा संलग्न नहुन पृतनापतिहरूलाई पुनः स्मरण गराइएको छ ।

सोमबार, आषाढ ०८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया