सोमबार, आषाढ ०८, २०७७ || 1607  पटक पढिएको

(हे काेराेना तिमीले……….) २
मानव जीवनशैलि बनायौ भिन्न,
गरिब दुःखीहरूलाई देखायौ दिन।
व्यवसायीलाई बन्दाबन्दीमा पारी थपायौ ऋण,
मागी खाने बटुवालाई समेत तड्पायौ छिनछिन।

(हे काेराेना तिमीले……….) २
निरन्तर आर्थिक विकासमा पुर्यायौ प्रभाव,
दैनिक ज्यालादारी गर्नेलाई निम्त्यायौ आर्थिक अभाव।
आत्महत्या, मृत्यु, बलत्कार सब हुन् तिम्रै असर,
बरु लाउने हो मास्क,पञ्जा,सेनिटाइजर तर पर्दैनौ कोरोनाको भर।

(हे काेराेना तिमीले……….) २
सार्स भाइरस, डेङ्गु भाइरस, अर्बाे भाइरस छन् बरु राम्रो,
तिमी जस्तो निर्दयी छैन पीडा बुझेका छन् हाम्रो।
परिश्रमी र मिहिनेतीलाई दिनभर सुत्न बाध्य बनायौ,
आखिर किन विश्वमा यति तिमीले तहल्का मचायौ ?
(हे काेराेना तिमीले……….) २

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!