तानसेन–गुल्मी सडक खण्डमा पर्ने पाल्पाको तानसेन नगरपालिका–११ स्थित सम्मेबारी भन्ने स्थानमा सोमबार दिउँसो ४ वटा गाडी पहिरोमा परेर पुरिएका छन् ।
नगरपालिकाले खन्दै गरेको नयाँबाटोमा पहिरोले एउटा कार, एउटा जिप, मिनी ट्रक र पानी बोक्ने ट्यांकर पुरिएको प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनास्थल पुगेका पाल्पाका पत्रकार माधव आर्यालले दुई वटा शव फेला परेको बताए । घटनाबारे थप विवरण आउन बाँकी रहेकाे छ ।