सोमबार, आषाढ ०८, २०७७ || 423  पटक पढिएको

प्रदेश नं.१ को प्रदेशसभाको बैठक आज स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले शून्य समयको कार्यक्रम प्रारम्भ गर्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख भण्डारीले पटक÷पटक सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गर्नुभएको थियो । सभामुख भण्डारीको आग्रहलाई अस्वीकार गरेपछि उहाँले काँग्रेसका प्रदेशसभा सदस्यलाई बोल्न समय दिएपछि प्रमुख सचेत केदार कार्कीले संसद्मा उठेका प्रश्नहरुको मुख्यमन्त्री शेरधन राईले जवाफ दिनुपर्ने नभए संसद् चल्न नदिने बताउनुभयो ।

उहाँले सरकारले कोरोना उपचार, रोकथाम एवं नियन्त्रणमा गरेको खर्च सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो । सचेतक कार्कीले प्रदेश सरकारको सचिव काठमाडौँ जाँदा प्रमुख जिल्ला अधिकारीसँग अनुमति पत्र लिनुपर्ने कुराको विरोध गर्नुभयो । सरकारले यसै अधिवेशनमा प्रदेशको नामकरण गर्नुपर्ने र सार्वजनिक यातायात व्यवसायी तथा मजदुरहरुको समस्यालाई उचित सम्बोधन हुनुपर्ने माग गर्नुभयो ।

दश मिटनका लागि सदन स्थगन भएर पुनःशुरु भएपछि काँग्रेसका सांसदहरुले उभिएर विरोध जनाउनुभयो । भोलि सदनमा मुख्यमन्त्री शेरधन राईले जवाफ दिने आश्वास प्राप्त भएको सूचनालाई पनि सांसदहरुले नमानेपछि असार ९ गते दिउँसो १ बजे संसद्को अर्को बैठक बस्ने सभामुख भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!