‘मदन भण्डारी फाउण्डेशन’ले जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्ती कोभिड -१९ बाट सचेत हँुदै विभिन्न कार्यक्रम गरी साताव्यापीरुपमा मनाउन शुरु गरेको छ फाउण्डेशनले यही असर ७ गतेदेखि जलवायु परिवर्तन र वातावरण संरक्षणका लागि घर–कम्पाउण्ड वा सार्वजनिक स्थलमा फलफूलको विरुवा रोप्ने र रोपेका बिरुवाको संरक्षण गर्ने, फलफूल तथा तरकारीका बीउविजन वितरण गर्ने, किसानका बीचमा एकापसमा अनुभव साटासाट गर्ने, गरिब, असहाय, मजदुर, सुकुम्बासी, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक केन्द्रित कार्यक्रम गर्ने जनाएको छ ।

फाउण्डेशनका सचिव पेम्बा लामाका अनुसार स्थानीय तहसँग कोरोना भाइरसबाट सङ्क्रमित नागरिकको व्यवस्थापन र हेरचाहमा सहयोग गर्ने, यातायात क्षेत्रमा परेको असरबारे अन्तरक्रियाको आयोजना गर्ने र असार १४ मा सङ्क्रमणका कारण उपचारमा र वृद्धाश्रममा रहेका नागरिकलाई फलफूल वितरण गर्ने कार्यक्रम तय गरिएको छ । सामाजिक सञ्जालमार्फत कोरोना भाइरससम्बन्धी सचेतना कार्यक्रमहरु, मदन भण्डारी रक्त कोष स्थापना, विभिन्न तहमा भण्डारीले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’ र भण्डारीका योगदानका बारेमा अन्तरक्रियाको आयोजना, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र तथा जनजीविका, सरकार सञ्चालन, संगठन परिचालन आदिका विषयमा रचनात्मक कार्यक्रम आयोजना गर्ने पनि फाउण्डेशनले कार्यक्रम तय गरेको छ ।

यसैगरी सरकारको नीति, कार्यक्रम र बजेटमार्फत आएका कार्यक्रमको अध्ययन विश्लेषण गरी कार्यान्वयनमा जोड दिने तथा छिमेकी देशलगायत प्रवासबाट फर्कने नेपालीको स्वास्थ्य, सुरक्षा र उनीहरुको व्यवस्थापनमा स्थानीय तथा प्रदेश सरकारलाई सहयोग गर्ने कार्यक्रम गरिने जनाइएको छ । तत्कालीन नेकपा ९एमाले० का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!