सोमबार, आषाढ ०८, २०७७ || 1235  पटक पढिएको

झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नो सत्ता बचाउनका मन्त्रिमण्डल पुनःगठनको तयारी गरेका छन् ।

पार्टीभित्रैबाट सरकारलाई असहयोग भएपछि तनाबमा परेका ओलीले कुर्सी बचाउन मन्त्रिमण्डल पुनःगठनको गृहकार्य शुरु गरेका हुन् । ओलीले हालका केही मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्री बनाउनका लागि किचन क्याबिनेटमा छलफल शुरु गरेका छन् ।

सरकारले गरेका राम्रा कामहरूमा पनि नेकपाका नेताहरूले खुलेर समर्थन र प्रचारहरू गरेका छैनन् । सरकारका नराम्रा कामहरूको भने नेकपाकै नेताहरूले विरोध गरिरहेका छन् ।

कोरोना भाइरसको संक्रमण रोकथाममा काम गर्न नसेकेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको, भारतसँग सम्बन्ध विगारेको, चीनसँग लम्पसार परेको, सरकारले महत्वपूर्ण निर्णय गर्दा पार्टीमा सल्लाह नगरेको जस्ता आरोप ओलीलाई छ ।

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, खानेपानी तथा सरसफाइमन्त्री बिना मगर, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति, पयर्टटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलगायतको कामबाट ओली सन्तुष्ट छैनन् ।

कोरोनाको महामारी भएका बेला स्वास्थ्य सामग्री खरिदमा अर्बौ रुपियाँ घोटाला भएका छन् । घोटाला भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य मन्त्रालयलाई जानकारी लिन बोलाइसकेको छ ।

कम्युनिस्ट सरकार अलोकप्रिय बनिरहेका बेला ओलीले कुर्सी बचाउन नयाँ रणनीति ल्याएका हुन् । उनको यो रणनीतिले काम गर्छ वा गर्दैन भविष्यमा थाहा हुनेछ ।

हालै बसेको सचिवालयको बैठकमा उपाध्यक्ष बामदेव गौतमले ओलीलाई साथ दिन नसक्ने बताएका थिए । त्यसपछि ओली तनाबमा परेका एक नेताले बताएका छन् ।

ओली र उनको सरकारलाई नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक स्थानमा अहिलेसम्म बचाउ गरेका छैनन् । बरु असन्तुष्टिहरू व्यक्त गर्दै आएका छन् ।

वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताहरूले पनि सरकारको कामकारबाहीको आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!