सोमबार, आषाढ ०८, २०७७ || 876  पटक पढिएको

भारत र चीनका सैनिकबीच गत हप्ता लद्दाखको गलवान घाटीमा भएको हिंसाबारे इन्डियन एक्सप्रेसको एक खबरका अनुसार मारिएका सैनिकको शरीरमा धारिलो हतियारका गम्भीर चोट थिए । पत्रिकाले स्रोतलाई उद्धृत गर्दै सैनिकको शरीरमा थुप्रै फ्रेक्चर पनि भएको बताएको छ । पत्रिकाका अनुसार गलवान घाटीमा भएको हिंस्रक झडपमा भारतीय सैनिकले चिनियाँ सैनिकलाई कडा जवाफ फर्काएका थिए । दुबै पक्षका सेनाबीच थुप्रै घण्टासम्म झडप जारी रह्यो । उक्त हिंस्रक झडपमा थुप्रै सैनिक नदीमा खसेको पत्रिकाले बताएको छ । स्रोतका अनुसार नदीमा खसेका र चिसोका कारण पनि थुप्रै सैनिकको मृत्यु भयो । लेहका सोनक नुरबू मेमोरियल अस्पतालका एक डाक्टरलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ, ‘मारिएका सैनिकको शव हेर्दा थाहा हुन्छ कि झडप कति ठूलो र हिंस्रक रह्यो । यस्तो लाग्छ कि भारतीय सैनिकले थुप्रै चिनियाँ सैनिक मारेका होलान् । अस्पताल ल्याइएका सैनिकको शरीरमा धारिलो हतियारका घाउ थिए र तीमध्ये थुप्रै शरीरमा मल्पिटल फ्रेक्चर पनि थियो ।’ यी डाक्टर उक्त समूहमा समावेश थिए जसले हिंस्रक झडपमा मारिएका सैनिकको शव हेरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!