सोमबार, आषाढ ०८, २०७७ || 704  पटक पढिएको

डाक्टरहरुले पेशागत कर्तव्यको हिसावमा देशका प्रधानमन्त्रीको उपचार गरे । तर,लाभचाहिँ व्यक्तिगत तवरले लिइरहेका छन् ।

अहिले देशका प्रतिष्ठत चिकित्सकबीच चर्चा छ,न दिने अरु सिनियर र प्रोफेसनलप्रति इमान्दार भए,न लिनेले नै सम्झेकोमा धन्यवाद,अहिले मलाई भैगो,यसको हकदार अरु नै हुनुहुन्छ भन्न सके।

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिन हुने योग्यता पुगेका प्राध्यापन पृष्ठभूमिका ३५ जना वरिष्ठ चिकित्सक छन् । तर, ३३औं नम्बरमा रहेकी डा.दिव्या शाहले चान्स पाइन् ।

उनी प्रधानमन्त्रीकी निजी चिकित्सक हुन् ।

यसअघि गत वर्ष सिंगापुर र अष्ट्रेलियाका चिकित्सकले प्रधानमन्त्रीको उपचार गरे ।

सेवाबापत शुल्क पाउने नै भए । चिकित्सकका लागि सबै बिरामी बराबर हुन्छन् । त्यहीमध्ये केपी ओली हुनुहुन्थ्यो । तर, अरुको उपचार गर्नेहरुले के पाए कुन्नि, प्रधानमन्त्रीको उपचार गरेबापत ९ जना विदेशी चिकित्सकलाई राष्ट्रपतिबाट सुशोभित गरिने मानपदवी, बिभुषण दिइयो ।

प्रधानमन्त्रीको मिर्गौला उपचारमा अरु थुप्रै चिकित्सिक संलग्न भए । सफलता पनि पाए। तर, डा.प्रदीप ज्ञवालीलाई सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्र,भक्तपुरको कार्यकारी निर्देशक बनाइयो । त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा मिर्गौला प्रत्यारोपण युनिटमा कार्यरत डा.ज्ञवाली यसरी उपल्लो तहको जिम्मेवारी सम्हाल्न भक्तपुर पुग्नुभयो ।

यी चिकित्सकमात्र हैन,अहिले नेकपा नेताहरु प्रचण्ड र माधवलाई गाली गर्नेहरुले छानीछानी नियुक्ति खाइरहेका छन् ।

अध्यक्ष प्रचण्डविरुद्ध सामाजिक सञ्जालमा धुँवादार पेश हुने गुरु भट्टराई भर्खरै रेल विभागमा र प्रमका प्रमुख सल्लाहकार विष्णु रिमालको पक्षमा लेख्ने झापाका खगेन्द्र अधिकारी सिटिइभिटीको उपाध्यक्ष नियुक्त भए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!