हिपमत डटकम
बिराटनगर,पौष-१९

क्षेत्रगत समायोजन संगै नेपाली कांग्रेस विराटनगर महानगरको नगर सभापतिमा भीम पराजुली चयन भएका छन् । पराजुली बहालवाला निर्वाचित सभापति हुन् । दुइपटक सभापति भइसकेका उनी समायोजन पछिपनि नगरको सभापति भएका छन् । विद्यार्थी कालदेखि राजनितिमा होमिदै आएका पराजुली विराटनगर महानगरका मेयर समेत हुन् ।
शुक्रवार एक कार्यक्रमका बीच कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटको प्रमुख आतिथ्यता तथा कांग्रेस केन्द्रीय निर्वाचन समितिका प्रतिनिधि रुपेश कोइरालाको उपस्थितिमा नगर समितिलाई पूर्णता दिएको छ । यस्तै समायोजन भएका वडाहरुमा समेत वडा सभापति चयन गरिएको छ । वडा नं २ मा बुद्धीबहादुर कार्की, वडा नं ७ मा बिकास पराजुली र वडा नं १८ मा बसन्त राजबंशी चयन भएका छन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य शिवनारायण सिंह,कांग्रेस नेताहरु यदु बिष्ट,दिलिप पोखरेल,दिपक प्रसाद लोहनी ,इन्दिरा कार्की,बिनोद बस्नेत,शत्रुधनचन्द्र पौड्याल ,रामबावु पासवान,अरुण न्यौपाने,प्रकाश दाहाल,कृष्ण कार्की ,देबचन्द्र घिमिरे लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!