सोमबार, आषाढ ०८, २०७७ || 824  पटक पढिएको

बिस वर्षपछि सोमवार काश्मिरको लद्धाखमा चिनिया फौजसंगको भिडन्तमा आफ्ना २० जनाको सैनिकको ज्यान गुमाएका भारतले आवश्यक परेको खण्डमा सैनिक फौज प्रयोग गरेर भएपनि आफ्नो सिमाको रक्षा गर्ने प्रतिवद्धता जनाएको छ ।

भारतयि प्रधानमन्त्री नरेन्द्र मोदीले भारतिय सिमा भित्र कोहि विदेशी सेना नरहेको र कुनै पनि भूभाग नहराएको स्पष्ट पारेका छन् । उच्च हिमाली क्षेत्रमा भएको सो भिडन्तमा आफ्नो पक्षमा के कति मानविय क्षति भयो भन्नेबारे चीनले अझैसम्म मुख खोलेको छैन ।

आणविक शक्ति सम्पन्न दुवै मुलुक चीन र भारतले एकले अर्कालाई सिमा अतिक्रमण गरेर भिडन्तका लागि उक्साएको आरोप लगाएका छन् । शुक्रवार टेलिभिजन मार्फत सम्वोधन गर्दै मोदीले भारतिय भुमि जोगाउन सेनालाई सम्पूर्ण अधिकार दिइएको बताएका छन् । साथै उनले भारतले शान्ति तथा मित्रता चाहेको तर सार्वभौम जोगाउनु सबैभन्दा ठूलो प्राथमिकता भएको बताएका छन् ।

भारतले भने लद्धाखको गल्वान उपत्यकाको भिडन्तमा दुवै पक्षमा क्षति भएको दावी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!