आइतबार, आषाढ ०७, २०७७ || 1174  पटक पढिएको

युरोपेली मुलुक अष्ट्रियामा हालै एकजना युवकलाई पुलिसका अगाडि पाद्नु निकै महंगो सावित भएको छ । पुलिसले चेकजाँच गर्न खोज्दा नियतबस ठूलो आवाज आउनेगरी पादेको अभियोगमा अष्ट्रियाको पुलिसले एकजना युवकमाथि ५ सय युरो जरिवाना गरेको छ । यो घटना गत जुन ५ तारेखमा राजधानी भियनाको हो। ती युवक पार्कको बेन्चमा बसिरहेका थिए । त्यहीँ बेला गस्तीमा रहेको प्रहरी त्यहाँ आयो र उनको परिचयपत्र माग्यो । बेन्चमा बसिरहेको ती युवकले एक्कासी आफ्नो पछाडिको बसेको भाग माथि उठाए र जोडसँग पादे । त्यस्तो असभ्य कार्य गरेसँगै पुलिसले ती युवकमाथि ५ सय युरो (करिब ६८ हजार रुपैयाँ) जरिवाना गर्‍यो ।

आफूमाथि अन्यायपूर्ण रुपमा जरिवाना गरिएको भन्दै ती युवकले स्थानीय मिडियामा समेत अन्तरवार्ता दिए । तर पुलिसले आफ्नो कदमको बचाउ गर्दै पुलिसको अगाडि नियतबस जोडसँग पाद्ने कार्य गरेको हुँदा उनलाई जरिवाना गरिएको बताएको छ ।

अष्ट्रियन पुलिसले भनेको छ, ‘अवस्य पनि यदि कसैलाई स्वभाविकरुपमा अकस्मात् पाद आउँछ भने त्यसमा सजाउ गरिँदैन । तर ती युवकले पुलिसलाई अपहेलना गर्ने कार्य गरेका थिए ।’

पुलिसका अनुसार उनको परिचय सोध्नासाध उनले आफ्नो जीउको पछिल्लो भाग बेन्चबाट माथि उठाए, पुलिस अधिकारीको अनुहारमा हेरे र पूर्णतः जानीजानी ठूलो आवाजमा पादे । साथै उनीमाथिको जरिवाना चित्त नबुझेमा अदालतमा गएर चुनौती दिनसक्ने पनि पुलिसले बताएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!