चिनियाँ वायुसेनाको असामान्य गतिविधि लदाख क्षेत्रमा देखापरेको भारतीय सेना प्रमुख आर के एस भदौरियाले जनाएका छन् । उनले शनिबार हैदराबादमा एयर फोर्स एकेडेमी र भारतीय एयर फोर्सको ग्र्याजुएशन परेडमा चिनियाँ एयर फोर्सले लाइन अफ कन्ट्रोल गरिरहेको गतिविधिमाथि भारतीय सेनाले निगरानी राखेको बताएका हुन् ।

सोमबार दूवै देशबीच भएको झडप पश्चात चिनियाँ एयर फोर्सले गतीविधि तीब्र पारेको जनाइएको छ । चीनले पहिले भन्दा बडी संख्यामा आफ्ना शैनिकहरु खटाइरहेका प्रमुखले बताएका छन् । भारतीय सेनाले अत्यावश्यक कदमहरु चाली रहेको उनले स्पष्ट पारेका छन् ।

भारत चीनसँग लडाईको पक्षमा रहेको छ भन्दै परेडमा प्रश्न उठेको थियो । उक्त जवाफमा भारत चीन र्संग युद्वगर्ने पक्षमा नरहेको प्रमुखले स्पष्ट पारेका छन् । तर, भारत कुनै प्रकारको गतिविधिको सामना वा मुठभेदमा आफ्नो सुरक्षाको निम्ति तयार रहेको प्रमुखले जनाएका छन् । दूवै पक्षबाट शान्ति र सुरक्षाको हर प्रयास भइरहेको जनाइएको छ ।

१५ जुनमा भएको झडप करिब पाँच दशक पछि भएको उनले जीकीर गरे। उक्त झडपमा २० भारतीय शैनिको निधन भएको थियो। हामी मारिएको सैनिकको बलिदान खेर नजान दिने विश्वास व्यक्त गरे । भारतीय सेना घटित गतिविधिको सामना गर्न सक्षम रहेको जनाएका थिए । १५ जुनमा घटेको घटनाको सम्पूर्ण विवरण प्राप्त भएको उनले बताए । भारतीय सेना आफैमा सक्षम रहेको कारण कसैलाई विवरण दिन आवश्यक नरहेको प्रमुखले बताएका छन् । लदाख क्षेत्रमा भारतीय वायु सेनाले आफ्नो गतिविधि तीब्र पारिसकेका जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!