खबर ठुलो छ

कोरोनाको जोखिम कम नहुँदै बाँकेमा बाढीको कहर शुरु भएको छ । राप्ती नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा डुबानको खतरा बढेको छ।

पहाडी भेगमा लगातार भइरहेको वर्षाका कारण नदीमा पानीको सतह बढेपछि यहाँको राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको नदी नजीकका बस्ती डुबानको जोखिममा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत गौरी बुढाथोकीले जानकारी दिए।

उनका अनुसार नदीमा बाढी आउनसक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । शनिवार रातिसम्म नदीमा पानीको सतहले खतराको तह पार गरे पनि अहिले घटेको छ । यद्यपि वर्षा नरोकिएकाले राप्ती नदीको बाढी गाउँमा पस्न सक्ने जोखिम बढेको छ ।

बाढीको सूचना प्रवाह गर्न राप्तीसोनारी गाउँपालिकाको बाढी मापन गर्ने गरिएको छ । कुसुमबाट राप्ती नदीको बाढी तल्लो तटीय क्षेत्रमा आइपुग्न करीब ४ देखि ५ घण्टा समय लाग्ने भएकाले कुसुममा पानीको सतह पाँच मिटर पुग्ने बित्तिकै खतरास्वरुप नदी छेउछाउमा साइरन बजाइन्छ ।

नदीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुग्ने बित्तिकै राप्ती नदी आसपासका दर्जनौँ गाउँ डुब्ने गर्छन् । भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग डुबानमा पर्दै आएको छ ।

नदीमा फसेका ११ को उद्धार

राप्ती नदीमा आएको बाढीका कारण अलपत्र परेका राप्तीसोनारीका ११ जनालाई गए राति उद्धार गरिएको छ । राप्तीसोनारी–२ गौशालामा फसेका ६ र ललहीमा फसेका पाँचजनाको चार घण्टापछि उद्धार गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।

गोठाला गएका उनीहरु चार घण्टा नदीको बीच टापुमा फसेका थिए । उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले राति अबेर उद्धार गरेको हो ।

आइतबार, आषाढ ०७, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया