आइतबार, आषाढ ०७, २०७७ || 673  पटक पढिएको

मोरङ बुढीगंगा-५ दिपुटोल बस्ने २५ बर्षीय सन्तोष महतोको करेन्ट लागेर मृत्यु भएको छ ।

आज दिउसो साढे १ बजे बिराटनगर-६ स्थितमा रहेको स्टन कोल्ड स्टोरमा ओल्डिङ गर्ने क्रममा सन्तोषलाई करेन्ट लागेको थियो ।

करेन्ट लागी बेहोस भएका उनलाई तत्काल उपचारार्थ बिराट नर्सिङहोम लगिएकोमा उपचारकै क्रममा उनको दिउसो साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मृतक सन्तोष सोही स्टोरमा ओल्डिङको काम गर्दै आएको र घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!