बितेको २४ घण्टामा नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले सो जानकारी दिएका हुन् । जसमध्ये ६४ महिला ३५७ जना पुरुष रहेका छन् । योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ हजार २६ पुगेको छ । जसमा ८२० महिला र ८ हजार २०६ जना पुरुष रहेका छन् ।

बितेको २४ घण्टामा ८ महिला १८६ पुरुष गरी जम्मा १९४ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । योसहित कोरोना निको हुनेको संख्या १ हजार ७७२ जना रहेका छन् । जसमा १४९ महिला र १ हजार ६२३ पुरुष रहेका छन् । हालसम्म कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!