आइतबार, आषाढ ०७, २०७७ || 706  पटक पढिएको

घरबिदामा आएका गोर्खा रेजिमेन्टका सैनिकलाई भारतले बोलाउन थालेको छ । लकडाउन अघि नै घरबिदामा स्वदेश आएका गोर्खा रेजिमेन्टका सैनिक लकडाउनका कारण अड्किए पनि भारतले पल्टनमा तत्काल हाजिर हुन निर्देशन दिएको छ । सोही निर्देशनलाई पालना गर्दै गोर्खाली सैनिक रुपन्देही बेलहिया नाका हुँदै लर्को लागेर पल्टन जान थालेका छन ्।

भारतमा बढ्दो संक्रमण र लकडाउनका कारण लामो समयदेखि बिदा सकिएर बसे पनि भारतले उनीहरुलाई बोलाएको थिएन। तर, लद्दाखमा चीनसँग विवाद उत्पन्न र हिंसात्मक झडपमा सैनिक मारिएपछि सैनिकलाई पल्टनमा तत्काल हाजिर हुन निर्देशन आउन थालेको । भारतीय संचारमाध्यमका अनुसार सीमामा भारत चीनबीच भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको मृत्यु भएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका विजय थापाले पल्टनमा उपस्थित हुनका लागि निर्देशन आएकाले आफू जाने तयारी गरिरहेको बताए। ‘उपस्थित हुनका लागि केही दिनअघि फोन आएको थियो’, उनले भने, ‘त्यसैले जानका लागि तयारी गरिरहेको छु। अरु विषय थाहा भएन ।’ घर बिदामा आएका गोर्खा रेजिमेन्टका सैनिकका अनुसार पल्टनमा बोलाउनका लागि दुई विधि अपनाइएको छ। पहिलो तत्काल हाजिर हुने र दोस्रो तयारी अवस्थामा बस्ने र बोलाएको बखत हाजिर हुने भनिएको छ ।
भारतको गोर्खा रेजिमेन्टमा कार्यरत रुपन्देहीको ओमसतिया गाउँपालिकाका विशाल खड्काले आफू पल्टन जानका लागि तयारी अवस्था रहेको बताए। ‘केही दिन अघि पल्टनबाट फोन आएको थियो, तयारी अवस्थामा बस्नु र बोलाएको बेला आउनु भनेका थिए’ उनले भने, सोही अनुसार म तयारी अवस्थामा बसेको छु ।’

भारतले गोर्खा रेजिमेन्टका सबै सैनिकलाई फोन सम्पर्कमा राखेको छ। फोनसम्पर्क मार्फत नै उसले केहीलाई तत्काल हाजिर हुन निर्देश गरेको छ भने केहीलाई तयारी अवस्थामा रहन भनेको छ। यसका साथै केहीलाई भने उपस्थित हुने बारे जानकारी गराइएको छैन ।

‘पल्टनमा उपस्थित हुनका लागि केही साथीलाई फोन आइरहेको छ र उनीहरु गइरहेका छन्’, गोर्खा रेजिमेन्टमा कार्यरत भैरहवा क्षेत्रका एक सैनिकले नाम उल्लेख नगरिदिने आग्रहमा भने, म पल्टनको फोन सम्पर्कमा छु तर अहिले आउन भनेका छैनन्। तैपनि जान पर्ला भनेर तयारी अवस्थामा बसेको छ ु।’

चीनसँग सीमामा हिंसात्मक झडप भएपछि पल्टन बोलाउन थालिएको घर बिदामा रहेका अधिकांश गोर्खा सैनिकको अनुमान छ ।

रुपन्देहीको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख इन्सपेक्टर ईश्वरी अधिकारीले विगत केही दिन यता गोर्खा रेजिमेन्टका सैनिक भारत जाने क्रम बढेको बताए। उनका अनुसार दैनिक २० जनाको संख्यामा सैनिक गइरहेको छन ्। तर, यो संख्या विस्तारै बढ्दै गइरहेको छ । बुधबार मात्रै बेलहिया नाकाबाट गोर्खा रेजिमेन्टमा कार्यरत ६० जना सैनिकहरु भारत गएका छन ्। यस्तै बिहीबार साँझसम्म पनि लगभग सोही संख्यामा लर्को लगाएर सैनिक पल्टनतर्फ लागेका छन ्।

पल्टन जानका लागि साथीसहित बेलहिया नाकामा पुगेका पोखराका राजु क्षेत्री परिवर्तित नामले भने, कोरोना संक्रमणको अवस्थामा तत्काल नै किन बोलाएको थाहा भएन, केही दिन अघि फोन गरेर पल्टनमा हाजिर हुन अर्डर आएको थियो, सोही अनुसार जाँदैछ ु।’

उनीसँगै रहेका अर्का साथीले आफूहरु नियमित प्रक्रिया अन्र्तगत पल्टन जान लागेको दाबी गरे। पल्टन फर्किन लागेको अवस्थामा नाकामा भेटिएका अधिकांश सैनिकले खुलेर बोल्न चाहेनन ्।

नाम उल्लेख नगरिदिने आग्रहमा गोर्खा रेजिमेन्टका एक भूतपूर्व अधिकारीले सीमामा चीनसँग विवाद र हिंसात्मक झडपमा सैनिक मारिएपछि गोर्खा सैनिकलाई तयारी अवस्थामा राख्नका लागि बिदामा रहेकालाई बोलाउन सुरु गरेको बताए ।

‘यदि सीमामा विवाद अझै बढ्दै गए भारतले सीमामा गोर्खा रेजिमेन्टको फौज खटाएर काम गर्न सक्छ’, उनले भने, ‘जसकारण उसले अहिले सैनिकलाई बोलाउँदैछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!