खबर ठुलो छ

धारामा छोडिएको करेन्ट लागेर डोटीको आदर्श गाउँपालिका-७ नुवाघरकी २६ बर्षीया तुलसी थापाको ज्यान गएको छ । उनी शनिबार मध्यान्ह घरायसी कामबाट थाकेकी उनी नुहाउन गएकी थिइन् । जसै उनी नुहाउन धारामा पसिन्, ‘ऐय्या’ पनि भन्न पाइनन् । करेण्ट लागेर उनको मृत्यु भयो । क्वारेन्टिनमा बसेर घर फर्किएका व्यक्तिहरु धारामा पानी खान आएको भन्दै स्थानीय १९ बर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार जोडेका रहेछन् । त्यही करेन्ट लागेर तुलसीको ज्यान गयो । भारतबाट आएकाहरुमा कोरोनाको संक्रमण हुनसक्ने र उनीहरु धारामा आए आफूहरुलाई पनि कोरोना सर्ने भन्दै करेन्ट छोडेको किमाडीले स्वीकार गरेका छन् । किमाडीलाई ईलाका प्रहरी कार्यालय, आदर्शले नियन्त्रणमा लिएको छ । मृतकको शवलाई अहिले जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्र मल्लले बताए ।

शनिबार, आषाढ ०६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया