हिमपत डटकम
काठमाडौं,पौष-१८

उखु किसानहरुलाई दिनुपर्ने करोडौंको भुक्तानी नदिई फरार रहेको अन्नपूर्ण सुगर मिलका मालिक राकेश कुमार अग्रवाल सरकारको सम्पर्कमा आएका छन् ।

लामो समयदेखि फरार रहेका अग्रवाल हिजोदेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सम्पर्कमा आएका हुन् । सम्पर्कमा आएसँगै उनले किसानहरुको भुक्तानी समयमै तिर्ने लिखित प्रतिबद्धतापनि जनाएका छन् ।

मन्त्रालयनिकट स्रोतले दिएको जानकारीअनुसार उनले हिजो र आज गरेर ५० लाख रुपैयाँको भुक्तानी बुझाईसकेका छन् । यही पुष २५ गतेभित्रमा ५ करोड दिने पनि उनको लिखित प्रतिबद्धतामा जनाईएको छ ।

उनले आउने माघ ७ गतेभित्र थप ७ करोड दिने र बाँकी रकम अर्को एक महिनाभित्र तिरिसक्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!