शनिबार, आषाढ ०६, २०७७ || 686  पटक पढिएको

चीनको मुद्दामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बयानमाथि विवाद भए पछि प्रधानमन्त्री कार्यालय (पीएमओ) ले शनिबार सफाइ जारी गरेको छ । पीएमओका अनुसार मोदीको बयानलाई गलत तरिकाले प्रस्तुत गरेर अनावश्यक विवाद खडा गर्न खोजिएको हो ।शुक्रबार भएको सर्वदलीय बैठकमा मोदीले लद्दाखमा आफ्नो देशको सीमामा कोही पनि नघुसेको र कोही पनि आफ्नो पोष्ट कब्जा नगरेको बयान दिएका थिए ।मोदीको बायनमाथि प्रश्न गर्दै काँग्रेस नेता पी चिदम्बरमले लेखेका थिए, ‘यदी प्रधानमन्त्रीको कुरा साँचो हो र भारतीय सीमामा चीनका कोही पनि सैनिक थिएन भने झडप किन भयो ? २० जवान किन शहिद बने ? दुई देशबीच वार्ता किन भइरहेको छ ?

यसबारे विवाद बढेपछि प्रधानमन्त्रीको कार्यालयले सफाइ दिँदै प्रधानमन्त्रीले १५ जुनमा भएको झडपको सन्दर्भमा सो कुरा बताएको दाबी गरेको छ । प्रधानमन्त्रीले देशका सैनिकको बहादुरीका कारण सो दिन चिनियाँ सैनिक हाम्रो सीमामा पस्न नसकेको अर्थमा सो कुरा भनेको पीएमओको स्पष्टिकरण छ । ‘हाम्रा सेनाले शहिद बनेर चिनियाँ सैनिकको घुसपैठलाई असफल पारेका हुन्,’ पीएमओले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!