शनिबार, आषाढ ०६, २०७७ || 670  पटक पढिएको

भारत र चीनबीचका सीमा विवाद हिंसात्मक हुँदै गएको छ । गत सोमबार दूवै पक्षबीच भएको झडपमा २० भारतीय शैनिक मारिएको पुष्टि भएको छ । १४ हजार फिट माथि द्वन्द्व सुरु भएको यो पहिलो पटक हैन् ।

विगतमा समेत दूवै पक्षबीच झडप भएको थियो । विगतदेखि विवादास्पद लदाख क्षेत्रमा आ आफ्नो क्षेत्र दाबी गरिरहेको र आफ्नो अडान दूवै पक्ष लिएका कारण तनावग्रस्त माहोल भएको छ । दूवै देशको सैन्य स्तरबाट वार्ता अगाडी बढेको छ । नतिजा साकारात्मक देखिएपनि कहाँ दूवै पक्षबाट चुक भएको भन्ने विषय अन्योल देखिन्छ । यसलाई छिट्टै दूवै पक्षले समाधान तर्फ नलगे पुनः युद्व निम्तिन सक्ने छ । सन् १९६२ मो दूवै पक्षबीच भएकोे युद्वमा हजारौ शैनिकहरु मारिएका थिऐ । त्यसवेला उत्पन्न भएको तनावले अझसम्म उत्तीकै हानी पुर्याइरहेको छ ।

काश्मीर क्षेत्रबाट भारत र चीन छुट्टाउने नाकामा भारत, चीन र पाकिस्तानले आफ्नो क्षेत्र रहेको दाबी गर्दै आएको कारण उक्त क्षेत्रमा अत्यधिक द्वन्द्व विगत देखिनै भएको देखिन्छ । अक्साई क्षेत्रलाई चीनले अगटेको छ, जसलाई झिनजियांग प्रान्तको अंश भनिने गर्छ । तर, सो क्षेत्रलाई भारतले लदाखको हिस्सा रहेका दाबी गरिरहेको छ । उक्त विवादीत क्षेत्रहरुमा भारत र चीनलाई लाईन अफ कन्ट्रोल छुट्याएको छ । जस्लाई दूवै पक्षले अस्वीकार गर्दै गतिविधि तीब्र पारेको छ । उक्त क्षेत्र दूवै पक्षले समेत आफ्नो भुभाग छुट्याउन नसकेको कारण सदैव विवादीत भएको छ । आ आफ्नो क्षेत्र दाबी नगर्न सकेको कारण जुन १५ मा अक्साई क्षेत्रमा झडप भएको छ । यो भन्दा पहिला सन् २०१७ मा दूवै देशबीच डोक्स्लाम क्षेत्रमा स्ट्याण्ड अफ भएको थियो ।

दूवै पक्षबीच तातिरहेको विवाद अर्को दूई हप्ता सम्म निकै महत्वपूर्णका साथ देखिने छ । अगामी दूई हप्ता तनावपूर्ण हुने बुझिएको छ । चिनियाँ विदेश मन्त्री बांगले बुधबार टेलिफोनमार्फत विावादित विषलाई लिएर भारतसित करा गरेका हुन् । विवादीत सीमा क्षेत्र शान्ति र सुरक्षा कायम गर्न दूवै पक्षको दायित्व रहेको जनाएका छन् । अगामी हप्ताको निर्णयहरु तनावपूर्ण हुने भारतीय रिटायर जनरल सैयद अता हस्नाइनले जनाएका छन् । हालाकी हालै भएको हिंसात्मक गतिविधि पुनः नदोहोरिएला भन्न सकिँदैन । यसलाई गम्भीरता पूर्वक समाधान गर्नु आवश्यक रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!