चीनले भारतीय फौजमाथि लदाखको गलवाल क्षेत्रमा भएको झडपमा पहिलोपटक आधिकारिक टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले भारतीय फौजले जानीजानी उत्तेजना फैलाउन खोजेको आरोप लगाएका छन् । यद्यपि उनले चिनियाँ पक्षमा भएको हताहतीबारे कुनै खुलाएनन् । निरन्तरको ट्वीटबाट झाओले गलवान उपत्यका चिनियाँ भुमि भएको उल्लेख गरेका छन् । उनले भारतीय फौजले सिमा क्षेत्र नाघेर नियोजित रुपमा उत्तेजना बढाउन खोजेपछि झडप भएको बताए । उनले भारतीय फौजले सहमतिका लागि छलफलमा गएका चिनियाँ अधिकृत र सैनिकमाथि हिंसात्मक आक्रमण गरेपछि घटना भएको बताएका छन् । भारतले गलवान उपत्यकामा अप्रिल देखि सडक, पुललगायत पूर्वाधार बनाइरहेको झाओले बताए ।यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार कुनैपनि विदेशी सैनिक भारतीय सिमा पार नगरेको बताएका थिए । उनले भारतले कुनैपनि भुमि नगुमाएको स्पष्ट पारेका थिए । भारतले आवश्यक परे आफ्नो सीमाको सैन्य बलबाट रक्षा गर्ने बताएका थिए

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!