शनिबार, आषाढ ०६, २०७७ || 961  पटक पढिएको

भारत-चीनबीचको सीमा विवाद चुलिएका बेला दुबै पक्षका सेनाबीच समस्या समाधानका लागि बहु-स्तरीय सैन्य बैठक सम्पन्‍न भएको छ । स्थितिलाई नियन्त्रणका लिन, उच्चस्तरीय सहमति कार्यान्वयनलाई प्रबर्द्धन गर्न र फ्रन्टलाइनमा मतभेदहरुलाई नियन्त्रणा राख्‍न उक्त बहुस्तरीय सीमा सैन्य वार्ता भएका छन् ।

सीमा क्षेत्रको अहिलेको अवस्था स्थिर र नियन्त्रणमा रहेको जनाइएको छ। दुबै पक्षले समस्या समाधानका लागि कमाण्डरस्तरमा समेत बैठक गरेका थिए । दुबै पक्षबीच सैन्य र कुटनीतिक संयन्त्रमार्फत वार्ताहरु अघि बढिरहेका छन् ।

विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु चीन र भारतले आन्तरिक विकासलाई अघि बढाउनुका साथै कोरोना भाइरसको चुनौतीलाई सामना गर्नुपर्नेछ ।

भारतीय सञ्‍चारमाध्यमका अनुसार दुबै पक्ष मुठभेडबाट पछि हटेका छन् । चीनले भारतीय भूमिका कब्जा गरेपछि उक्त विवाद चर्किएको हो । भारतले आफ्नो सार्वभौम भूभागको रक्षाका लागि सक्षम भएको र भारतलाई कमजोर नआँक्न चीनलाई आग्रह गरेको छ ।

यसअघि जून १५-१६ मा भारत र चीनबीच लद्दाखको गलवान भ्यालीमा हिंसात्मक झडप भएको थियो । भारततर्फका २० भारतीय सेनाको मृत्यु भएको थियो भने चीनले भने आफ्नो तर्फ भएको मानवीय क्षतिको विवरण सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!