सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन अवधिमा राति हिँडडुल गर्न नपाइने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ अनुसार अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाइएको हो ।

गत २०७६ चैत ११ गतेदेखि सुरु भएको लकडाउन १ असारदेखि केही खुकुलो भएपछि गृह मन्त्रालयले अनावश्यक हिँडडुल गर्नेमाथि कडाई गर्ने निर्णय गरेको हो ।

गृहको सुरक्षा मापदण्डमा विवाह, व्रतबन्ध, मृत्यु संस्कारजस्ता कार्यमा १५ जनाभन्दा बढीलाई भेलामा प्रतिबन्ध लगाइएको छ । सुरक्षा मापदण्डमा उद्योगमा काम गर्दा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने उल्लेख गरिएको छ ।

कार्यस्थलमा रहँदा वा हिँडडुल गर्दा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम गर्न समेत मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई पनि उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!