शनिबार, आषाढ ०६, २०७७ || 682  पटक पढिएको

देशका विभिन्न भागमा विहान वर्षा भइरहेको छ । कतिपय स्थानमा मध्यम वर्षा भएको छ । थोरै स्थानहरुमा भारी वर्षा भएको छ । हाल भारतको पूर्वि उत्तर प्रदेशको भू-भागमा न्युन चापिय प्रणाली अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो सुदुर पश्चिम प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक वा दुइ स्थानमा भारी वर्षाको संभावना रहेको छ।

आज राति सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश ५, वागमति प्रदेश, प्रदेश १, गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!