शुक्रबार, आषाढ ०५, २०७७ || 1465  पटक पढिएको

नर्सको सौन्दर्य प्रतियोगितामा भाग लिएपछि मोडलिङतिर आकर्षित भएकी उनले केही विज्ञापनमा मोडलिङ

ललितपुर, एकान्तकुनाकी आयुष्मा अधिकारी नर्स हुन् । पीसीएल नर्सिङ सकेपछि उनी अहिले सुमेरु अस्पतालमा कार्यरत छिन् । बीएससी नर्सिङ अध्ययनको तयारी गरिरहेकी उनलाई मोडलिङमा विशेष रुचि छ ।

नर्सको सौन्दर्य प्रतियोगितामा भाग लिएपछि मोडलिङतिर आकर्षित भएकी उनले केही विज्ञापनमा मोडलिङ गरेकी छिन् । केही फेसन सोमा सहभागी भएकी छिन् । पढाइ, जागिर र मोडलिङलाई एकसाथ अघि बढाउने योजनामा रहेकी उनलाई घरपरिवारको साथ र समर्थन छ ।

‘मोडलिङमा लाग्न मलाई कुनै अवरोध छैन,’ आयुष्मा भन्छिन्, ‘समय मिलाएर मोडलिङलाई निरन्तरता दिनेछु ।’ भविष्यमा म्युजिक भिडियो र फिल्ममा अभिनय गर्ने उनको योजना छ ।

फोटोग्राफर : सञ्जय रौनियार
मेकअप : रञ्जना सितिखु, लक्ष्मी ब्युटी क्लिनिक एन्ड मेकअप स्टुडियो, लोकन्थली, भक्तपुर।
पहिरन : नवीन लुइँटेल, सेन्ट्रल फेसन हब । कुपन्डोल, ललितपुर ।
सम्पूर्ण वीक्लीबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!