बलिउड नायक सुशान्त सिंह राजपुतको आत्महत्यापछि दुईवटा आत्महत्याको घटना जोडिएर आएको छ । जसमध्ये एक १५ वर्षीया किशोरी पनि रहेकी छिन् ।

भारतको अन्डामाना एन्ड निकोबार टापुको पोर्ट ब्लेर घर भएकी किशोरीले बुधबार आत्महत्या गरेपछि अनुसन्धान हुँदा डायरी फेला परेको छ । किशोरीको घरमा फेला परेको डायरीमा सुशान्त सिंह राजपुतको बारेमा निकै उल्लेख गरेकी छिन् ।

टाइम्स अफ इन्डियाका अनुसार किशोरी डिप्रेसनमा थिइन् । यसबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यसअघि उत्तर प्रदेशको बरेलीमा सशान्त राजपुतको फ्यान रहेका एक किशोरले आत्महत्या गरेका थिए । ती किशोरले सुशान्तले आत्महत्या गर्न सक्छन् भने आफूले किन नगर्ने भनी लेखेका थिए ।

३४ वर्षीय राजपुतले आत्महत्या गरेको विषय निकै चर्चामा छ । बलिउडका उदयमान नायक सुशान्तको मृत्युले धेरैलाई आश्चर्यमा पारेको छ । उनी डिप्रेसनमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!